संगालोखबर

ओखलढुंगा । मोलुङ गाउँपालिकाको वडा नम्बर ७ मा पहिरोले स्थानीय बासिन्दाका ५ घर पुरेको छ । गएरातिको अविरल वर्षापछि झरेको पहिरोमा परी ५ घर पुरिएको हो ।

Advertisement

प्रहरीका अनुसार स्थानीय टेकबहादुर पहारी, पेशल पहारी, अम्बरबहादुर पहारी, देवीमाया सुनुवार र दिलबहादुर विकको घर पहिरोले क्षति पुर्याएको हो । घटनामा मानवीय क्षति भने भएको छैन । पहिरोमा परी केही चौपाया मरेको जनाइएको छ ।

पहिरोले घरमा क्षति भएपछि स्थानीय बासिन्दालाई विद्यालय भवनमा अस्थायी रुपमा राखिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले पहिरोका कारण अरु घर पनि जोखिममा परेको जानकारी दिएपछि त्यसतर्फ टोली पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!