संगालोखबर

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईई नतिजाका आधारमा कोशी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको दाबी गरेको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई दिएका थिए । तीमध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको विद्यालयले जनाएको छ ।

Advertisement

यस्तै, बाँकी ८ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अहिलेसम्मको सार्वजनिक भएका नतिजाहरु हेर्दा एभरेष्टको नतिजा कोशी प्रदेशकै उत्कृष्ट रहेको भाइस प्रिन्सिपल टिएन भण्डारीको दाबी छ ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शैक्षिक गुणस्तर वृद्धिका लागि गरेका अभ्यास, विभिन्न क्षेत्रसँगको सहकार्यको नतिजा यस वर्षको रिजल्ट रहेको बताए । उनले भने, ‘आगामी वर्ष क्रमशः थप राम्रो बन्दै जान्छ, यस्तो नतिजा शैक्षिक मात्र नभई सबै क्षेत्रमा आउँछ, आउनुपर्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!