संगालोखबर

विराटनगर । नेपाली ‘लोकल’ रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको योजनाको समर्थन गर्दै एकजना संघीय सांसदले त्यसको नाम तीनपाने रक्सी राख्न प्रस्ताव गरेकी छन् । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यस्तो प्रस्ताव राखेकी हुन् ।

Advertisement

सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै एमाले सांसद श्रेष्ठले नेपाली ब्रान्डको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्ने प्रस्ताव गरेकी छन् ।

लोकल रक्सीका लागि कोदो उत्पादनलाई जोड दिने नीति लिन पनि उनको आग्रह छ । ‘कोदो उत्पादनमा जोड दिऔं । कोदो खेतीको ब्रान्डिङ गरौं । कोदो र चामलबाट बनाइने रक्सीलाई ब्रान्डिङ गरौं । तीनपाने अर्गानिक आदिवासी जनजाति रक्सी भनेर लेवल नै राखौं र विदेश सप्लाई गरौं’, उनले भनिन् ।

नेपाली रक्सी विदेश निर्यात गर्न सके नेपालको आर्थिक स्थितिमा सुधार आउने, नेपालका आदिवासी जनजातिको जीवनस्तर समेत सुधारिने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!