संगालोखबर

विराटनगर । यस वर्षको मनसुन भित्रिएपछि सुरुआती दिनमै कोशी प्रदेश बढी प्रभावित भएको छ । पहाडी क्षेत्रमा पहिरो अनि तराईमा भलबाढीका कारण धनजनको क्षति हुने क्रम बढेको छ । कतिपय स्थानमा चट्याङका कारण पनि मानिसहरुले ज्यान गुमाएका छन् ।

Advertisement

मनसुन सुरुभएयता यससँग सम्बन्धित घटनामा परी हालसम्म कोशी प्रदेशका विभिन्न जिल्लामा गरी २४ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङका कारण त्यति संख्यामा मानिसको मृत्यु भएको हो । दर्जनौं घाइते भएका छन् भने केही बेपत्ता छन् ।

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी विभिन्न जिल्लामा सयभन्दा बढी चौपाया मरेका छन् । उक्त कार्यालयका अनुसार हालसम्म विपदका घटनामा परी मोरङमा मात्रै ६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी, ताप्लेजुङमा ५, झापा र संखुवासभामा ४–४, इलाम र सुनसरीमा २–२, तथा ओखलढुंगामा एकजनाको मृत्यु भएको जनाइएको छ । बाढी, पहिरो र डुबानका कारण २२५ परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ ।

चिसो चुलो, चिसै ओछ्यान… (फोटो फिचर)

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!