संगालोखबर

झापा । झापाको दमकमा विद्युतीय गाडी सिटीसफारीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । दमक नगरपालिका–१ मा भएको दुर्घटनामा दुवैजना घाइते भएकामा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले आमाछोरीलाई ठक्कर दिएको थियो । ठक्करले काठमाडौँ घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू मगर र उनकी छोरी २ वर्षीया आरुसी मगर घाइते भएका थिए ।

उपचारका लागि दमकको लाइफलाइन अस्पताल लगिएकोमा आरुसीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी आमा शर्मिलाको उपचार भइरहेको छ । उनको हात र खुट्टामा सामान्य चोट रहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!