संगालोखबर

विराटनगर । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशबाट ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कोशीका विभिन्न जिल्लाका गरी ३९ हजार ८९५ जना परीक्षार्थी अनुतीर्ण भएका हुन् ।

Advertisement

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोशी प्रदेशबाट कुल ७५ हजार ९८८ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ४२ हजार २८६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८४२ जना अनुत्तीर्ण भएका छन् ।

गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २७५ जना, लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थी सहभागी भएकामा ४९ हजार २२४ जना अनुतीर्ण भएका छन् ।

यसैगरी, कर्णालीबाट सहभागी ३५ हजार ३४ जना परीक्षार्थीमध्ये २० हजार ३८० जना र सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएको बोर्डले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!