संगालोखबर

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर एकजनाको मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् । शिवसताक्षी–२ का २८ वर्षीय बुधे बेस्राको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकै खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Advertisement

यसैगरी, गौरीगञ्ज गाउँपालिकामा खोलामा डुबेर एकजना पुरुष बेपत्ता भएका छन् । गौरीगञ्ज–१ स्थित कमल खोलाले बगाउँदा ४० वर्षीय लखिराम मुर्मू बेपत्ता भएको प्रहरीले जनाएको छ । खोला तर्ने क्रममा उनी बगेका थिए । प्रहरी र स्थानीय बासिन्दा मिलेर उनको खोजी गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!