पाँचथरको फिदिममा कुटपिटबाट युवकको मृत्यु

पाँचथरको फिदिममा कुटपिटबाट युवकको मृत्यु

पाँचथर । सामूहिक कुटपिटबाट पाँचथर सदरमुकाम फिदिमका एक युवकको मृत्यु भएको छ । फिदिम नगरपालिका–१४ मा गएराति युवकहरुको समूहले ३७ वर्षीय दिनेश राईसहित चारजनालाई कुटपिट गरेको थियो । गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय धनकुमार राईको घरमा धामी बोलाएर ‘चिन्ता’ राख्ने कार्यक्रम हेर्न पुगेका उनीहरुमाथि कुटपिट भएको थियो । जिल्ला प्रहरी क...
उदयपुरको लिम्चुङबुङमा मदिरा, चिसो पेय र सूर्तीजन्य वस्तुमा प्रतिबन्ध

उदयपुरको लिम्चुङबुङमा मदिरा, चिसो पेय र सूर्तीजन्य वस्तुमा प्रतिबन्ध

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सिसाको बोतलमा आउने बियरलगायत मदिरा, कोकाकोला र फेन्टा जस्ता चिसो पेयका साथै चुरोट, खैनी र गुट्का बिक्रीमा प्रतिबन्ध लगाएको छ । गाउँपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता वस्तु आयात र बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो । गाउँपालिकाका अध्यक्ष मेजर राईको अध्यक्षतामा असार १८ गते कसेको कार्यपालिकाको १८औं बियर, रक्सी, सबै खालका चियो पेय, खैनी, ...
‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर सुनसरीको इटहरीका सहप्राध्यापक सम्पर्कविहीन

‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर सुनसरीको इटहरीका सहप्राध्यापक सम्पर्कविहीन

सुनसरी । सुनसरीको इटहरी निवासी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रामजी तिम्सिना तीन दिनदेखि सम्पर्कविहीन बनेका छन् । आफूले ‘जलसमाधि’ लिन लागेको भन्ने लेखेर उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । परिवारले उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिइएको उनका आफन्तले बताएका छन् । घरबाट हिंड्नुअघि उनले कागजको सानो टुक्रामा ‘म वराहक्षेत्रमा जलसमाधि लि...
तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा एक युवकले आफ्नी आमाको हत्या गरेका छन् । आज अपरान्ह स्थानीय २३ वर्षीय दिपक नेपालीले खुकुरी प्रहार गरी आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको हत्या गरेका हुन् । प्रहरीका अनुसार सामान्य घरायसी विवादका क्रममा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्नेनका अनुसार तीलमायाको घटनास्थ...
‘रिजालको ग्यास’ का चालक कारागारमा, उद्योगले बेवास्ता गरेको परिवारको गुनासो

‘रिजालको ग्यास’ का चालक कारागारमा, उद्योगले बेवास्ता गरेको परिवारको गुनासो

विराटनगर । गाडी चलाएर परिवार चलाइरहेका पति सवारी ज्यान तथा अंगभंग कसुरमा कारागार परेपछि दैनिक गुजारामा समस्या भएको पत्नी तारा वाइवाले बताएकी छन् । आज पत्रकार सम्मेलन गरी उनले दुई छोरी र आफू समस्यामा परेको बताएकी हुन् । विराटनगर–१५ का प्रेम वाइवा रिजालको ग्यास उद्योगमा ट्रक चालकको काम गर्थे । सदाझैँ २०७७ फागुन १९ गते बिहान ग्यास लोड गरिएको ट्रक लिएर उनी झापाको काँकडभिट्टातर्फ लागेका थिए । सुरुङ्...
धनकुटामा ६ महिनायता मानवअधिकार उल्लंघनका ५६ घटना

धनकुटामा ६ महिनायता मानवअधिकार उल्लंघनका ५६ घटना

धनकुटा । धनकुटामा गत ६ महिनाको अवधिमा मानवअधिकार उल्लंघनका ५६ वटा घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाद्वारा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा यो तथ्यांक प्रस्तुत गरिएको हो । जनवरीदेखि जुन महिनासम्म भएका मानवअधिकारसँग सम्बन्धित विभिन्न घटनाहरु प्रस्तुत गरिएको थियो । त्यसअनुसार एकजनाको हत्या, दुईजनाको हत्या प्रयास, तीन महिला र पाँचजना बालबालिका बलात्...
पोखरीमा डुबेर धनुषामा ३ बालिकाको मृत्यु

पोखरीमा डुबेर धनुषामा ३ बालिकाको मृत्यु

जनकपुरधाम । नुहाउने क्रममा धनुषामा पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर आज १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन छन् । पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटो...
बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

  झापा । झापाको बाह्रदशीमा एकजना महिलालाई विवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक २३ वर्षीया महिलालाई विवाह गर्ने भनेर आश्वासन दिंदै बाह्रदशी गाउँपालिका–१ का अन्सार मियाँले जबरजस्ती करणी गरेको उजुरी आएको थियो । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ल...
कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले ल्याएको अध्यादेश खारेज गर्न सिफारिस

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले ल्याएको अध्यादेश खारेज गर्न सिफारिस

विराटनगर । कोशी प्रदेश सरकारले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ल्याएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० लाई खारेज गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी, बैठकले गाउँमा रहेका पुराना काठका घरहरू सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुला गर्ने निर्णयसमेत गरेको छ । यसअघि गाउँका घरका काठ स्थानान्त...
बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

झापा । झापाका विभिन्न तीन स्थानमा बाढीको पूर्वसूचना दिने साइरन जडानको काम सुरु गरिएको छ । बाह्रदशी–१ को भागुडुब्बामा साइरन जडान कार्य सकिएको छ । उक्त साइरनले बाह्रदशीका दक्षिणी क्षेत्र, कचनकवलगायत क्षेत्रमा बाढीको पूर्वसूचना गराउने जनाइएको छ । यसैगरी झापा गाउँपालिका तथा गौरीगञ्जको कुन्जीबारीमा साइरन जडानको काम भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले साइरन ज...
एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

विराटनगर । एकै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाइने भएको छ । त्यस्तो अवस्था भए एक महिनाभित्र छोड्नुपर्ने सहकारी विभागले जनाएको छ । विभागले हिजो परिपत्र जारी गर्दै दुई वा बढी संस्थामा भए छाड्न निर्देशन दिएको हो । एउटै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी संस्थामा सञ्चालक बन्न नपाउने व्यवस्था सहकारी ऐन २०७४ को दफा ४१ मा उल्लेख भए पनि कार्यान्वयन भएको थिएन । अब ...
रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

विराटनगर । रक्सी सेवनका कारण वर्सेनि विश्वका लाखौं मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार करेक वर्ष विश्वभर रक्सी सेवनका कारण २६ लाख मानिसको मृत्यु हुने गरेको छ । संगठनको एउटा ताजा प्रतिवेदनअनुसार उक्त संख्या विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । यसैगरी, लागुऔषधका कारण हरेक वर्ष ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा पुरुषको संख्या ४ लाख छ । ...
कोशीका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना

विराटनगर । मनसुनी वायुको प्रभावले कोशी प्रदेशका केही क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि कोशीका कतिपय स्थानमा वर्षा हुने अनुमान गरिएको छ । कतिपय क्षेत्रमा हल्का अनि कतैकतै भारी वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशभर साधरणतयादेखि पूर्णतया बदली रहने...
सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीले बुझाए राजीनामा

सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीले बुझाए राजीनामा

विराटनगर । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा सं...
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

विराटनगर । नेकपा एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै एमालेबाट सहभागी मन्त्रीहरूको सामूहिक...
घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर निसास्सिएका थिए । उनलाई...
विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगर । विराटनगरमा डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियान थालिएको छ । यसका लागि महानगरका १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्न थालिएको छ । लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ । यसैगरी, लार्भा खोजी र नष्ट गर्ने काम पनि सुरु गरिएको छ । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागिता छ । ...
सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह

सुनसरी । केही दिनयताको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्ने घट्ने भइरहेको छ । नदीमा पानीको बहाव बढ्ने क्रमसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन सुनसरी प्रशासनले आग्रह गरेको छ । सीमावर्ती मधेश प्रदेशको जिल्ला सप्तरीतर्फ पनि सतर्कता अपनाउन भनिएको छ । कोशीको बाढीबाट हुने सम्भावित क्षति कम गर्न दुवै जिल्लाका प्रशासन कार्यालय, प्रहरीलगायत निकाय सतर्क अवस्थामा बसेको जनाइएको छ । यसैक्रम...
सोलुखुम्बुमा खोलाले बगाएर शिक्षकको मृत्यु

सोलुखुम्बुमा खोलाले बगाएर शिक्षकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा खोलाले बगाएर एकजना शिक्षकको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ स्थित पैया खोला तर्ने क्रममा बगेर मंगलबार अपराह्न ती शिक्षकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खुम्बु पासाङल्हामु–५ स्थित हिमालय आधारभूत विद्यालय नाम्चे बजारमा कार्यरत् शिक्षक माप्यदुधकोशी–२ का ३६ वर्षीय राजु राई छन् । खोला तर्ने क्रममा शिक्षक बगेको ...
धनकुटामा रडले टाउकोमा लाग्दा एकजनाको मृत्यु

धनकुटामा रडले टाउकोमा लाग्दा एकजनाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा फलामे रडले टाउकोमा लागेर एकजना मजदुरको मृत्यु भएको छ । उक्त वडास्थित रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर मजदुरको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगर छन् । मंगलबार अपराह्न पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर उनको टाउकोमा लागेको थियो । गम्भीर घाइते अवस...
फेरिएको राजनीतिक समीकरणपछि के हुन्छ कोशी सरकार ?

फेरिएको राजनीतिक समीकरणपछि के हुन्छ कोशी सरकार ?

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि प्रदेशसम्म त्यसको प्रभाव पर्ने भएको छ । सात प्रदेशमध्ये मधेश सरकारको बाहेक नेतृत्व बाँडफाँड गर्ने मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले गरेका छन् । यसको असर कोशी प्रदेशमा पनि पर्ने देखिएको छ । दुईबीचको सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै हुने भनिएको छ । तर सरकारमा सहभागी हुने दलहरु भने फेरिने छन् । अहिले कोशी प्रदेश सरकारमा एमालेक...
बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

खोटाङ । बलात्कारको विरोधमा खोटाङ सदरमुकामका बालबालिका विरोध प्रदर्शनमा उत्रिएका छन् । छात्रामाथि भएको बलात्कारको विरोधमा दिक्तेल बजारमा उनीहरुले प्रदर्शन गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयकी १३ वषीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । बलात्कार घटनाको विरोध...
पोखरीमा डुबेर सिरहाका २ बालकको मृत्यु

पोखरीमा डुबेर सिरहाका २ बालकको मृत्यु

सिरहा । सिरहामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार नरहा गाउँपालिका–३ का सुशील मण्डका सात वर्षीय राहुल मण्डल र उनका भान्जा ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो । हिजो दिउँसोदेखि हराइरहेका उनीहरुलाई प्रहरी र स्थानीय बासिन्दा मिलेर खोजी गरेका थिए । त्यस क्रममा आज बिहान बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा उनीहरु मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार...
स्थानीय तहलाई सक्षम र बलियो बनाउनुपर्छः मुख्यमन्त्री कार्की

स्थानीय तहलाई सक्षम र बलियो बनाउनुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई अझ सक्षम र बलियो बनाउनुपर्ने बताएका छन् । केन्द्र र प्रदेशभन्दा जनताका लागि सेवा प्रवाहमा स्थानीय तहको हुने भन्दै उनले यस्तो बताएका हुन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तीन दिने कार्यशाला उद्घाटनका अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह जति धेरै सक्...
प्रधानमन्त्री दाहालले राजीनामा नदिने

प्रधानमन्त्री दाहालले राजीनामा नदिने

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललले राजीनामा नदिने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । पार्टीका सचिव देवेन्द्र पौडेलले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने नि...
धनकुटाका यातायात व्यवसायीको गुनासो, ‘खर्च बढ्दो, आम्दानी घट्दो’

धनकुटाका यातायात व्यवसायीको गुनासो, ‘खर्च बढ्दो, आम्दानी घट्दो’

धनकुटा । धनकुटाका सार्वजनिक यातायात व्यवसायीहरुले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कठिनाइ भएको गुनासो गरेका छन् । उनीहरुले दोहोरोतेहेरो करले गर्दा थप समस्या भोग्नुपरेको बताएका छन् । कोशी प्रदेशको सुशासन तथा योजना संसदीय समितिले आयोजना गरेको सार्वजनिक यातायात सञ्चालनका समस्या र चुनौती विषयक अन्तरक्रियाका सहभागी व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । बढ्दो सञ्चालन खर्च र घट्दो आम्दानीले व्यवस...
ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङ । सदरमुकाम फुङलिङ नगरपालिकाका सबइञ्जिनियर मो. अख्तर हुसैन एक लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले उनलाई हिजो अपराह्न नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा निगरानी गर्दा घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । इन्जिनियर हुसैनले फुङलिङ...
फेरियो केन्द्रीय गठबन्धन, कांग्रेस र एमाले मिलेर सरकार बनाउने

फेरियो केन्द्रीय गठबन्धन, कांग्रेस र एमाले मिलेर सरकार बनाउने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो । गएराति भएको सहमतिमा मन्त्रालय भागबण्डादेखि प्रदेशमा सरकारको नेतृत्वलगायत विषय समेटिएको जनाइएको छ । हाल एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने नेताह...
मोरङको उर्लाबारीमा टिपरको ठक्करले आमाको मृत्यु, छोरा गम्भीर घाइते

मोरङको उर्लाबारीमा टिपरको ठक्करले आमाको मृत्यु, छोरा गम्भीर घाइते

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा टिपरको ठक्करले एकजना महिलाको मृत्यु भएको छ । आज साँझ भएको दुर्घटनामा उनका छोरा गम्भीर घाइते भएका छन् । प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा त्यसमा सवार उर्लाबारी–६ की सीता बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनका आठ वर्षीय छोरा प्रशान्त घाइते भएका हुन् । उनको मदन भण्डारी...
विराटनगरका व्यापारीलाई धम्क्याउँदै रकम असुल्ने पूर्वप्रहरी पक्राउ

विराटनगरका व्यापारीलाई धम्क्याउँदै रकम असुल्ने पूर्वप्रहरी पक्राउ

विराटनगर । प्रदेश राजधानी विराटनगर महानगर क्षेत्रका व्यापारीबाट रकम असुल्न सक्रिय नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षक ५८ वर्षीय गणेशमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । आफू बहालवाला प्रहरी भएको भन्दै धम्क्याएर व्यापारीहरुबाट रकम असुलेको आरोपमा विराटनगर–८ का उनलाई पक्राउ गरिएको हो । उनले महानगरका विभिन्न स्थानका व्यापारीबाट रकम असुल्ने गरेको सूचना स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए । मो...
मोरङको टंकीसिनवारीमा प्रदेशस्तरीय कबड्डी सुरू

मोरङको टंकीसिनवारीमा प्रदेशस्तरीय कबड्डी सुरू

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुरबीच ४३–४३ प्वाइन्टको बराबारी खेल्दै १–१ अंक बाँडेका छन् । प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता छ । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, संखुवासभा र ओखलढुंगाको सहभागिता छ । भोजपुर र खोटाङले सहभाग...
error: Content is protected !!