संगालोखबर

विराटनगर । मोरङ र सुनसरीमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । मोरङमा खोलामा नुहाउने क्रममा एकजनाको मृत्यु भएको हो भने सुनसरीमा नहरको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मोरङको पथरी शनिश्चरे–७ का ४६ वर्षीय धनराज गिरीको स्थानीय पथरी खोलामा नुहाउने क्रममा डुबेर हिजो अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरेर उनलाई मंगलबारे अस्पताल लगिएको थियो । त्यहाँ पुर्याउनासाथ उनको मृत्यु भएको जनाइएको छ ।

यसैगरी, सुनसरीको रामधुनी–८ काली झोडाका बासिन्दा सुनिल चौधरीका डेढ बर्षीय छोरा साजन चौधरीको नहरको पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै नहरको पानीमा खेल्ने क्रममा डुबेको अवस्थामा आफन्तले फेला पारेका थिए । उनलाई तत्काल उद्धार गरी इनरुवा अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!