झापा । वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–२ डिगाउँका ३५ वर्षीय राजेश तामाङलाई प्रक्राउ गरिएको हो ।

Advertisement

तामाङले हिजो दिउँसो स्थानीय ७० वर्षीया गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो सिक्कल प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा खेतबारीमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको थियो ।

वृद्धाको हत्या गर्नुको कारण खुलेको छैन । आरोपी तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!