संगालोखबर

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोलीले लागुऔषधसहित एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०८० माघ २६ गते पक्राउ अनुमति जारी भइ फरार रहेका तेह्रथुमको लालीगुराँस नगरपालिका–९ घर भई मोरङको सुन्दरहरैँचा–४ बस्दै आएका ४२ वर्षीय अमृतबहादुर भुजेललाई पक्राउ गरिएको हो ।

Advertisement

उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, ६७ हजार ६ सय रुयैयाँ र स्कुटर बरामद गरिएको छ । पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित ७ जना पक्राउ

झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ स्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले जाँचको क्रममा भद्रपुर–८ का ३६ वर्षीय सन्तोष राजवंशी र २६ वर्षीय अमर बरैयलाई ५ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–८ का ३६ वर्षीय सुनिल श्रेष्ठ र २३ वर्षीय दिपक विश्वकर्मालाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

यस्तै, नरसिंह गाउँपालिका–६ का २४ वर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० वर्षीय अजयकुमार देवलाई नियन्त्रित औषधि स्पास्मो २५४ ट्याब्लेट, नगद ३९ हजार र प्र–१–०२–०४९ प ११३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ । यसैगरी, धरान–१५ का २७ वर्षीय कबिर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० टयाब्लेट, गाँजा १०० ग्रामसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!