थप एक जनामा कोरोना संक्रमण पुष्टि

थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ बर्षीय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । हालसम्म ७४ जना पुरुष र २८ जना महिलामा कोरोन...
भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

खोटाङ । खोटाङमा आज दिउँसो भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ–१० का २५ बर्षीय नबिन राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । आज दिउँसो करिव एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
संखुवासभामा श्रीमानले जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमतिको मृत्यु

संखुवासभामा श्रीमानले जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमतिको मृत्यु

खाँदबारी । श्रीमानले जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी संखुवासभाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जंगली च्याउ खाएपछि बिरामी भएर बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल पुर्याईएकी सभापोखरी गाउँपालिका–२ गोठगाउँकी २४ बर्षीया मनिला राईको गएराती मृत्यु भएको हो । गत शनिवार मनिलाका श्रीमान सन्देश राईले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सन्देशसहित श्रीमति र छोरी पनि बिरामी परेका थिए । त्यस...
थप आठ जना कोरोना संक्रमित डिस्चार्ज

थप आठ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर । बिराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप आठ जना कोरोना मुक्त भएर शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण देखिएपछि उपचार गराउँदै आएकामध्ये सात नेपाली र एक भारतीय नागरिक कोरोना मुक्त भएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो । उदयपुरका पाँच जना, बिराटनगरका दुई जना र भारतका एक जना डिस्चार्ज भएका हुन् । उदयपुरको भुल्केमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पु...
खोटाङमा ढुंगाले हानेर भिनाजुको हत्या, सालो पक्राउ

खोटाङमा ढुंगाले हानेर भिनाजुको हत्या, सालो पक्राउ

खोटाङ । खोटाङका एक युवाले ढुंगाले हानेर आफ्नै भिनाजुको हत्या गरेका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–२ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुंगाले हानेर हत्या गरेका हुन् । बिहिबार साँझ करिव ७ बजे मिलनले प्रहार गरेको ढुंगाले टाउकोमा लाग्दा प्रतिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार आफ्नो घरतर्फ जाँदै गरेको अबस्थामा बाटै...
तेह्रथुममा छोराद्वारा बुबा र सौतेनी आमाको बिभत्स हत्या

तेह्रथुममा छोराद्वारा बुबा र सौतेनी आमाको बिभत्स हत्या

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–५ मा हिजो साँझ एक युवाले आफ्नै बाबु र सौतेनी आमाको बिभत्स हत्या गरेका छन् । इसिबु स्थित सिङ्गला टोलका २० बर्षीय कञ्चन लिम्बुले ४२ बर्षीय बुबा रुपबहादुर र सौतेनी आमा ३५ बर्षीय ईसाको हत्या गरेको प्रहरीले जनाएको छ । साँझ करिव ६ बजे कञ्चनले बन्चरो प्रहार गरेर बाबु–आमाकै हत्या गरेका हुन् । बन्चरो प्रहारबाट बुबाको टाउको र ढाडमा चोट देखिएको घटनास्थल पुगेका वडाध्य...
२०७७ वैशाख २६ गते शुक्रबार/आजको राशिफल

२०७७ वैशाख २६ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख २६ गते शुक्रबार ई. सं. २०२० मे ८ , नेपाल सम्बत ११४० बछलाथ्व पारु, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण प्रतिव्रदा, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, वरियन योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ०६ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जु...
धनकुटामा पनि दीप प्रज्वलन

धनकुटामा पनि दीप प्रज्वलन

धनकुटा । कोरोना भाईरसको महामारी रोकथाम र उपचारमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा आज साँझ धनकुटामा पनि दीप प्रज्वलन गरिएको छ । कोरोना रोकथाममा खटिनेहरुको सम्मान स्वरुप सरकारले बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्वलनका लागि देशबासीलाई आवहान गरेको थियो । सरकारको आग्रह बमोजिम धनकुटाबासीले पनि घर–घरमा दीप प्रज्वलन गरे । त्यस्तै जिल्ला सदरमुकामसहित बिभिन्न बजारका चौक–चौकमा...
प्रहरीले कुदाएको मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

प्रहरीले कुदाएको मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । नेपाल प्रहरीका जवानले कुदाएको मोटरसाईकलको ठक्करबाट बिहिबार मोरङको कानेपोखरीमा एक महिलाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गढ दुहवीमा कार्यरत प्रहरी जवान खेम कार्कीले कुदाएको को.२५ प.३८८९ नम्बरको मोटरसाईकलको ठक्करबाट बेलबारी–८ की शान्ता राजवंशीको मृत्यु भएको हो । कानेपोखरी–७ स्थित बिहिबारे मोडमा दिउँसो करिव ३ बजे साईकल कुदाउँदै गरेका बेला राजवंशीलाई मोटरसाईकलले ठक...
थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय १ पुग्यो

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय १ पुग्यो

काठमाडौं । बिहिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तुका दुई जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलबस्तु–८ का १६ र २२ बर्षीय युवामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । ज...
बुद्ध तिमी फेरि जन्मनु पर्छ

बुद्ध तिमी फेरि जन्मनु पर्छ

बुद्ध तिमी फेरि जन्मनुपर्छ आज बुद्ध जयन्तिको दिन तिम्रो लुम्बिनी तिम्रो सम्झनामा टोलाई रहेछ, तिमीलाई बोलाई रहेछ तिमी गएपछि यहाँ अनेकौं घटना घटे अनगिन्ती बारुद र गोली पड्किए भाई-भाई आपसमा लडेर रगतका खोला बगाए कयौंको काख रित्तियो कयौंको सहारा खोसियो दुधे बालक टुहुरा भए त्यति मात्र नभएर कहिले भूकम्पले घर भत्कायो त कहिले बढीले बगायो कहिले हावा, हुरिले बस्तीहरु तहस-नहस बनायो कयौं सर...
बिराटनगरमा उपचाररत थप ८ जना संक्रमित कोरोनामुक्त, डिस्चार्ज गरिँदै

बिराटनगरमा उपचाररत थप ८ जना संक्रमित कोरोनामुक्त, डिस्चार्ज गरिँदै

बिराटनगर । विराटनगरस्थित कोरोना बिशेष अस्पतालमा उपचाररत थप ८ जना संक्रमित कोरोना मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । लगातार तीन पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ । डिस्चार्ज हुँन लागेका ८ जना नै उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएका हुन् । यसअघि पनि भुल्केबाटै ल्याइएका ६ जना भारतीय कोरोना अस्पताल...
इनारमा डुबेर बृद्धाको मृत्यु

इनारमा डुबेर बृद्धाको मृत्यु

मोरङ । मोरङको मिक्लाजुङमा इनारमा डुबेर आज एक बृद्धाको मृत्यु भएको छ । दिउँसो करिव १ बजे इनारमा डुब्दा मिक्लाजुङ गाउँपालिका–७ बेलगौडेकी ६० बर्षीया सानुमाया लम्सालको मृत्यु भएको हो । आफ्नै घर अगाडिको इनारमा डुबेर लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । उनी इनारमा मृत भेटिएको खबर पाएपछि उर्लाबारीबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलवार...
बेलबारीमा युवकको शव शंकास्पद अवस्थामा फेला, ११ जना पक्राउ

बेलबारीमा युवकको शव शंकास्पद अवस्थामा फेला, ११ जना पक्राउ

मोरङ । मोरङको बेलबारी नगरपालिका–७ स्थित नहरको डिलमा बिहिबार एक युवकको शव शंकास्पद अवस्थामा भेटिएको छ । कानेपोखरी गाँउपालिका–१ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव नहरको डिलमा भेटिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्याक्टरमा काम गर्दै आएका गिरी बुधबार दिउँसोबाटै परिवारसँग सम्पर्कबिहिन थिए । राती घर नआएका गिरीको बिहान नहरको डिलमा शव फेला परेको हो । मर्निङवाकका क्रममा स्थानीयले शव दे...
धनकुटा अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु

धनकुटा अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु भएको छ । पहिलो सन्तान जन्माउँन जिल्ला अस्पताल आएकी छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी १६ बर्षीया ज्योती लिम्बुको अप्रेशनपछि मृत्यु भएको हो । घटना गत सोमबारको हो । मृतकका काका ससुरा बमबहादुर लिम्बुका अनुसार ज्योतीलाई सुरक्षित प्रसुतिका लागि आईतबार नै जिल्ला अस्पताल ल्याइएको थियो । सोमबार दिउँसो करिव १ बजे जिल्ला अस्पतालका चिकि...
२०७७ वैशाख २५ गते बिहिबार/आजको राशिफल

२०७७ वैशाख २५ गते बिहिबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७७ साल वैशाख २५ गते बिहिवार ई. सं. २०२० मे ७, नेपाल सम्बत ११४० बछलाथ्व पुन्ह्,ि प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल पूर्णिमा तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, व्यतिपात योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ०६ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि ...
चौबिसे गाउँपालिकाद्वारा पहिलो चरणको राहत वितरण

चौबिसे गाउँपालिकाद्वारा पहिलो चरणको राहत वितरण

धनकुटा । चौबिसे गाउँपालिकाले लकडाउन प्रभावितहरुलाई पहिलो चरणको राहत वितरण गरेको छ । दैनिक ज्यालादारी काम गर्दै आएका गरिब, विपन्न, असहाय परिवारलाई राहत वितरण गरिएको चौबिसे गाउँपालिकाले जनाएको छ । ८ वटै वडाका एक हजार १ सय १६ परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । ‘लकडाउन सुरु हुने बित्तिकै खाद्यान्न अभाव हुँदैन, हाम्रो गाउँपालिकामा ग्रामिण क्षेत्...
१७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो

१७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं । बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पर्साका १० पुरुष र ७ महिलामा संक्रमण देखिएको जानकारी दिए । संक्रमित हुनेमा २ महिने शिशुसमेत छन् । योसँगै नेपालमा संक्रमि...
जेठ ५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

जेठ ५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनको अवधि थप गरेको छ । केहि समय अघि सम्पन्न मन्त्रीपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउँने निर्णय गरेको हो । यसअघि पटक–पटक म्याद थप गर्दै बैशाख २५ गते (भोली) सम्मका लागि लकडाउन तोकिएको थियो । नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि चैत ११ गतेबाट लकडाउन सुरु भएको हो । त्यसयता पटक–पटक लकडाउको म्याद थपिदै आएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले तत्काल लकड...
राहत माग्दै बिराटनगर महानगरपालिका घेराउ, भोकै बस्नु परेको भन्दै बिरोध प्रदर्शन

राहत माग्दै बिराटनगर महानगरपालिका घेराउ, भोकै बस्नु परेको भन्दै बिरोध प्रदर्शन

बिराटनगर । बिराटनगर महानगरपालिका–१५ का सर्वसाधरणले राहत माग गर्दै आज दिउँसो महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । लामो समयको लकडाउनले दुई छाक टार्न समस्या भएको भन्दै सर्वसाधरणले महानगरपालिका कार्यालय घेराउ गरेका हुन् । दर्जनौंको संख्यामा महानगर पुगेका सर्वसाधरणले कार्यालय अगाडी प्रदर्शन गर्दै सडकमै बसेर धर्नासमेत दिए । महानगरले सो वडामा पहिलो चरणमा राहत वितरण गरेको थियो । तर, पहिलो चरणको रा...
बिराटनगरमा उपचाररत ६ भारतीय कोरोना मुक्त भएपछि अस्पतालबाट डिस्चार्ज

बिराटनगरमा उपचाररत ६ भारतीय कोरोना मुक्त भएपछि अस्पतालबाट डिस्चार्ज

विराटनगर । कोरोना संक्रमण भएपछि बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत ६ जना भारतीय निको भएर बुधबार बिहान अस्पतालबाट डिस्चार्ज भएका छन् । उदयपुरमा रहदा कोरोना संक्रमण देखिएपछि बिराटनगर ल्याईएका मध्ये ६ जना भारतीय कोरोना मुक्त भएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो । उदयपुरको भुल्के स्थित मस्जिदमा रहेका बेला कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई वैशाख ५ र ६ गते बिराटनगर ल्याईएको थिय...
चौबिसेको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख जम्मा, सिकाई थलोले दियो २ लाख

चौबिसेको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख जम्मा, सिकाई थलोले दियो २ लाख

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख भन्दा बढी रकम जम्मा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र राहत वितरणका लागि ३१ लाख ७६ हजार ८ सय २५ रुपैयाँ कोषमा जम्मा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले २० लाख ७५ हजार रकम कोषमा जम्मा गरेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले १५ दिनको तलब भक्ता वरावरको २ लाख ५९ हजार रकम जम्मा गरेका छन् । त्यस्तै प्रदेश सरकारले ५ लाख र...
धनकुटामा बिकास निर्माणका महत्वपूर्ण काम लकडाउनले नरोकिने

धनकुटामा बिकास निर्माणका महत्वपूर्ण काम लकडाउनले नरोकिने

धनकुटा । लकडाउनको समयमा पनि धनकुटामा बिकास निर्माणका महत्वपूर्ण काम नरोकिने भएका छन् । लामो समयको लकडाउनले अधिकांस क्षेत्र प्रभावित भईरहेको अवस्थामा जिल्लाका महत्वपूर्ण बिकास निर्माणका कामलाई निरन्तरता दिन लागिएको हो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति संयोजक केशव प्रसाद बिमलीको अध्यक्षतामा बसेको सर्वक्षिय बैठकले सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर विकासका काम ...
२०७७ वैशाख २४ गते बुधबार/आजको राशिफल

२०७७ वैशाख २४ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख २४ गते बुधबार ई. सं. २०२० मे ६ , नेपाल सम्बत ११४० बछलाथ्व चर्तुदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल चर्तुदशी तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, सिद्धि योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः२१ बजे, सूर्यास्त साँझ ०६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा र...
बिराटनगरमा उपचाररत छ जना संक्रमित कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज गरिदै

बिराटनगरमा उपचाररत छ जना संक्रमित कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज गरिदै

बिराटनगर । बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत छ जना कोरोना संक्रमित निको भएका छन् । अस्पतालमा उपचाररत ३१ जना मध्ये छ जना भारतीय नागरिक कोरोना मुक्त भएको अस्पतालले जनाएको छ । उदयपुरको भुल्केमा संक्रमण देखिएपछि उनीहरुलाई वैशाख ५ र ६ गते बिराटनगर ल्याईएको थियो । उपचारका क्रममा पछिल्लो तीन पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले स्वास्थ्यकर्मीको सल्लाह अनुसार उनीहरुलाई बुधबार बिहान डिस्चार्ज...
भारतबाट ल्याउँदै गरेको १ करोड ९ लाख भारतीय रुपैयाँ बिराटनगरमा बरामद, दुई जना पक्राउ

भारतबाट ल्याउँदै गरेको १ करोड ९ लाख भारतीय रुपैयाँ बिराटनगरमा बरामद, दुई जना पक्राउ

विराटनगर । विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीबाट आज १ करोड ९ लाख ७९ हजार भारतीय रुपैयाँ बरामद भएको छ । डब्ल्यूबी ७३ इ ७६३५ नम्बरको भारतीय ट्रकमा लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद भएको हो । भारतीय भन्सार जाँच चौकीबाट खाली आएको भनिएको ट्रकमा पैसा बरामद भएको हो । खाली ट्रक नेपाल आएको बहाना बनाएर भारतीय रुपैयाँ नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ...
बिप्लव नेतृत्वको नेकपाका नेता शर्मा अस्पतालबाट पक्राउ

बिप्लव नेतृत्वको नेकपाका नेता शर्मा अस्पतालबाट पक्राउ

चितवन । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । घाईते भएर उपचारका लागि अस्पताल पुगेको अवस्थामा प्रहरीले शर्मालाई नियन्त्रणमा लिएको हो । चितवनको रत्ननगर–५ घर भएका नेता शर्मा भर्याङबाट लडेर घाईते भएपछि परिवारका सदस्यहरुले उनलाई पुरानो मेडिकल कलेज पुर्याएका थिए । शर्मा अस्पताल पुगेको थाहा पाएपछि प्रहरीले उनलाई अस्पतालको...
खोटाङमा बाख्रा चराउँन जाँदा खोलाले बगाएर बालिकाको मृत्यु

खोटाङमा बाख्रा चराउँन जाँदा खोलाले बगाएर बालिकाको मृत्यु

खोटाङ । खोटाङमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । बाख्रा चराउँन जाँदा खोलाले बगाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी १४ बर्षीया अम्बिका रोक्काको मृत्यु भएको हो । बाख्रा चराउन गएर फर्कदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा रोक्कालाई खोलामा आएको बाढीले बगाएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ । चिउरीडाँडाबाट गएको प्रहरी टोली र स्थानीयबासीले खोजि गर्ने क्रममा बगाएको स्थ...
झापाको सीमा क्षेत्रमा तनाब बढेपछि प्रहरीद्वारा हवाई फायर

झापाको सीमा क्षेत्रमा तनाब बढेपछि प्रहरीद्वारा हवाई फायर

झापा । झापाको झापा गाउँपालिका–४ स्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले हवाईफायर गरेको छ । जङे पिलर १३१ नम्वर आसपासको सुरक्षा प्रहरी पोस्ट क्षेत्रमा हवाई फायर गरिएको हो । अज्ञात भारतीय समुहबाट हुल हुज्जतसहित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि दुई राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीका अनुसार सो घटनाअघि...
थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । नेपालगञ्जका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा मंगलबार गरिएको परीक्षणका क्रममा सात जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार नेपालगञ्ज–८ का २२, ३० ४० बर्षीय पुरुष र ९, ३२ ३४ र ५५ बर्षीया महिलामा संक्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
२०७७ वैशाख २३ गते मंगलबार/आजको राशिफल

२०७७ वैशाख २३ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख २३ गते मंगलबार ई. सं. २०२० मे ५ , नेपाल सम्बत ११४० बछलाथ्व त्रयोदशी, पमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल त्रयोदशी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वज्र योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ०६ः४० बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर ...
error: Content is protected !!