संगालोखबर सम्वाददाता

काठमाडौं । बिहिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तुका दुई जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

कपिलबस्तु–८ का १६ र २२ बर्षीय युवामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । जसमध्ये २२ जना निको भएर घर फर्किए ।

निको भएर घर गएका तीन जनामा पुनः कोरोनाको संक्रमण देखिएपछि उनीहरुको पनि उपचार जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!