गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु भएको छ । पहिलो सन्तान जन्माउँन जिल्ला अस्पताल आएकी छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी १६ बर्षीया ज्योती लिम्बुको अप्रेशनपछि मृत्यु भएको हो ।

Advertisement

घटना गत सोमबारको हो । मृतकका काका ससुरा बमबहादुर लिम्बुका अनुसार ज्योतीलाई सुरक्षित प्रसुतिका लागि आईतबार नै जिल्ला अस्पताल ल्याइएको थियो । सोमबार दिउँसो करिव १ बजे जिल्ला अस्पतालका चिकित्सकले ज्योतीको अप्रेशन गरेर बच्चा (छोरी) निकाले । बच्चा जन्मिएपछि परिवारका सदस्य दंग थिए । तर, अप्रेशनको केहि घण्टा पछाडि स्वास्थ्यमा समस्या देखिएर ज्योती मुर्छा परेपछि सबै जना अत्तालिए । ‘बच्चा जन्मिएपछि सबैजना खुशी थियौ । सुरुमा बुहारीलाई खासै समस्या देखिएको थिएन । पछि एकाएक मुर्छा परेर मृत्यु भयो ।’ मृतकका काका ससुरा बमबहादुरले संगालोखबरसँग भने ‘बच्चा जन्मिएको खुशीमा रमाएका थियौ, पछि आमा नै गुमाउँदा शोकमा छौ ।’

ज्योतीको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि उनलाई आईसियूमा राख्नुपर्ने अवस्था आयो । तर, धनकुटा जिल्ला अस्पतालमा आईसियू नभएकाले धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि केहि समयपछि नै उनको मृत्यु भएको धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मा बताउँछन् । ‘बिरामीलाई आईसियू चाहिने भएपछि हामी आफै लागिपरेर धरान लग्यौ । तर, बचाउँन सकेनौं ।’ साँझ ७ बजे ज्योतीलाई घोपा पुर्याइएको थियो । त्यहाँ पुर्याएको केहि समय पछि नै चिकित्सकले उनलाई मृत घोषित गरे ।आमाको मृत्यु भएपनि बच्चा भने सकुशल छन् । तर, आमाबिनाको बच्चा कसरी हुर्काउँने भनेर परिवारका सदस्य चिन्तित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!