संगालोखबर सम्वाददाता

विराटनगर । बिराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप आठ जना कोरोना मुक्त भएर शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण देखिएपछि उपचार गराउँदै आएकामध्ये सात नेपाली र एक भारतीय नागरिक कोरोना मुक्त भएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

Advertisement

उदयपुरका पाँच जना, बिराटनगरका दुई जना र भारतका एक जना डिस्चार्ज भएका हुन् । उदयपुरको भुल्केमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बिराटनगर ल्याएर उपचार भईरहेको थियो । तर, लगातार तीन पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

यसअघि पनि बिराटनगर स्थित कोरोना बिशेष अस्पतालबाट ६ जना भारतीय डिस्चार्ज भईसकेका छन् । सोहि अस्पतालमा उपचाररत ३१ मध्ये १४ जना डिस्चार्ज भएपछि १७ जना उपचाररत छन् ।

उनीहरुको स्वस्थ्य अवस्था पनि सामान्य रहेको स्वस्थ्यकर्मीहरुले बताएका छन् । योसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ३० पुगेको छ । तर, घर फर्किएका मध्ये तीन जनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरुको पनि उपचार हुँदैछ । नेपालमा हालसम्म जम्मा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । निको हुँन वाँकी रहेका ७४ जनाको बिभिन्न अस्पतालमा उपचार जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!