संगालोखबर सम्वाददाता


बिराटनगर । बिराटनगर महानगरपालिका–१५ का सर्वसाधरणले राहत माग गर्दै आज दिउँसो महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । लामो समयको लकडाउनले दुई छाक टार्न समस्या भएको भन्दै सर्वसाधरणले महानगरपालिका कार्यालय घेराउ गरेका हुन् ।

दर्जनौंको संख्यामा महानगर पुगेका सर्वसाधरणले कार्यालय अगाडी प्रदर्शन गर्दै सडकमै बसेर धर्नासमेत दिए । महानगरले सो वडामा पहिलो चरणमा राहत वितरण गरेको थियो । तर, पहिलो चरणको राहत सकिदा पनि लकडाउन नखुलेपछि भोकै बस्नु परेको भन्दै उनीहरुले दोस्रो चरणको राहतका लागि दवाव दिएका हुन् ।

Advertisement

यसैवीच आक्रोशित सर्वसाधरण र महानगरपालिकाका पदाधिकारीवीच छलफल भएको छ । छलफलका क्रममा महानगरपालिका प्रमुख भीम पराजुलीले लकडाउन पुनः लम्बिएमा दोस्रो चरणको राहत वितरण गर्ने आश्वासन दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!