संगालोखबर सम्वाददाता


काठमाडौं । सरकारले लकडाउनको अवधि थप गरेको छ । केहि समय अघि सम्पन्न मन्त्रीपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउँने निर्णय गरेको हो । यसअघि पटक–पटक म्याद थप गर्दै बैशाख २५ गते (भोली) सम्मका लागि लकडाउन तोकिएको थियो ।

नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि चैत ११ गतेबाट लकडाउन सुरु भएको हो । त्यसयता पटक–पटक लकडाउको म्याद थपिदै आएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले तत्काल लकडाउन खोल्न नहुँने निष्कर्षसहित सरकारले पुनः लकडाउन लम्ब्याएको हो ।

Advertisement

नेपालमा हालसम्म ८२ जनामा कोरोना संक्रमण भईसकेको छ । जसमध्ये २२ जना निको भएर अस्पतालबाट घर फर्किए । उनीहरुमध्ये ३ जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!