संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । नेपाल प्रहरीका जवानले कुदाएको मोटरसाईकलको ठक्करबाट बिहिबार मोरङको कानेपोखरीमा एक महिलाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गढ दुहवीमा कार्यरत प्रहरी जवान खेम कार्कीले कुदाएको को.२५ प.३८८९ नम्बरको मोटरसाईकलको ठक्करबाट बेलबारी–८ की शान्ता राजवंशीको मृत्यु भएको हो ।

कानेपोखरी–७ स्थित बिहिबारे मोडमा दिउँसो करिव ३ बजे साईकल कुदाउँदै गरेका बेला राजवंशीलाई मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट गंभीर घाइते भएकी राजवंशीलाई उपचारका लागि पथरी अस्पताल लगिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनापछि मोटरसाईकल र चालक प्रहरी जवान कार्कीलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाइएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख दिलिप गिरीले संगालोखबरलाई जानकारी दिए । प्रहरी जवान कार्की झापा स्थित आफन्तकोमा गएर पर्कने क्रममा घटना भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!