नेपालका चार पत्रकारमा कोरोना संक्रमण

नेपालका चार पत्रकारमा कोरोना संक्रमण

  वीरगञ्ज । बिरगञ्जका चार पत्रकारमा पनि कोरोना संक्रमण भएको पाईएको छ । पर्सामा मंगलबार भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चार जना पत्रकार पनि संक्रमित भएको पाईएको हो । संक्रमितमध्ये चार जना पत्रकार रहेको नारायणी अस्पतालले पुष्टि गरेको छ । नेपालमा पत्रकारमा भेटिएको यो पहिलो संक्रमण हो । यसअघि नेपालका कुनैपनि पत्रकारमा संक्रमण देखिएको थिएन । चार पत्रकारसहित मंगलबार एकैदिन ने...
धनकुटा हेल्थ साइन्सद्वारा खाद्यान्न सहयोग

धनकुटा हेल्थ साइन्सद्वारा खाद्यान्न सहयोग

धनकुटा । धनकुटा ईन्स्टिच्यूट अफ हेल्थ साइन्सले लकडाउन प्रभावितलाई सहयोगार्थ धनकुटा नगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । हेल्थ साइन्सका कर्मचारीहरुको २ दिनको तलबबाट कटाईएको ६४ हजार ५ सय रुपैयाँबाट खाद्यान्न सामाग्री खरिद गरी नगरपालिकालाई प्रदान गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई मंगलबार हेल्थ साइन्सका प्रमुख रामनारायण रामाले चामल, दाल, नुन, तेल, साबुन लगायत साम...
नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ९१ पुग्यो

नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ९१ पुग्यो

काठमाडौ । मंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तु, रुपन्देही, पर्सा र बाराका ५७ जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पर्साका ३९ जना, रुपन्देहीका ९ जना, कपिलबस्तुका ८ जना र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार...
बेलबारीका कृषकलाई धानको बीउ वितरण

बेलबारीका कृषकलाई धानको बीउ वितरण

मोरङ । मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । लकडाउनको समयमा ९ हजार ७ सय ४५ किलो धानको बीउ वितरण गरिएको हो । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ‘चार सय कृषकलाई धानको बीउ बाढेका छौ ।’ मेयर सुवेदीले भने ‘ बीउ बिजन अभाव भएकै कारणले कृषकले खेतवारी बाँझै राख्नु नपरोस भनेर बीउ बितरण गरेका हौं ।’ खेतिमा आश्रीत कृषकलाई राध...
घाँटी रेटिएको अवस्थामा शव फेला

घाँटी रेटिएको अवस्थामा शव फेला

लहान । घाँटी रेटिएको अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ। स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ। मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए । शवको प्रकृति हेर्दा गएराति नै मियाँको ह...
धनकुटामा भारत बिरुद्ध प्रदर्शन, प्रहरी–प्रदर्शनकारीबीच घम्साघम्सी

धनकुटामा भारत बिरुद्ध प्रदर्शन, प्रहरी–प्रदर्शनकारीबीच घम्साघम्सी

धनकुटा । भारतीय विस्तारवाद बिरुद्ध धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानी र मौनाबुधुक बजारमा प्रदर्शन भएको छ । नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठन राष्ट्रिय युवा संघले सीमा अतिक्रमणको बिरोध गर्दै भारतीय विस्तारवाद बिरुद्ध सोमबार प्रदर्शन गरेका हुन् । दर्जनौंको संख्यामा भेला भएका युवाहरुले भारतीय विस्तारवाद मुर्दावाद, गो व्याक ईण्डिया, सीमा मिच्न पाईदैन, राष्ट्रिय स्वाभिमान प...
२०७७ वैशाख ३० गते मंगलबार/आजको राशिफल

२०७७ वैशाख ३० गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख ३० गते मंगलबार ई. सं. २०२० मे १२ , नेपाल सम्बत ११४० बछलाथ्व पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण पञ्चमी, चन्द्रमा धनु राशिमा, उतरषाढा नक्षत्र, शुभ योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः१७ बजे, सूर्यास्त साँझ ०६ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दि...
थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन २४ संक्रमित थपिए

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन २४ संक्रमित थपिए

काठमाडौं । सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबारनै कपिलबस्तुमा १० र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकैदिन २४ जनामा संक्रमण पुष्टि हुँदा नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगे...
लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत

लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत

नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि सरकारले संक्रमण थप फैलन नदिन देशभर लकडाउन गर्यो । अहिले लकडाउन दुई महिना पुग्न लागेको छ । यो अवधिमा संक्रमितको संख्या पनि एक, दुई हुँदै तीन अंकमा चढिसकेको छ । अर्थात, सयबाट उकालो लागेर दैनिक ठूलो संख्यामा संक्रमण पुष्टि हुँने क्रम पनि सामान्य बन्दै गएको छ । सोमबार एकैदिन २४ जनामा संक्रमण देखिएसँगै अहिले संक्रमितको संख्या १ सय ३४ पुगेको छ । यो संख्याको रे...
खोटाङका भुजेल जंगलमा मृत भेटिए

खोटाङका भुजेल जंगलमा मृत भेटिए

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–७ का पदमबहादुर भुजेल सोमबार मृत भेटिएका छन् । स्थानीय मतकेना सामुदायिक बनमा ५५ बर्षीय भुजेलको शव फेला परेको हो । उनी गत बिहिबार खेतमा जाँन भनेर घरबाट निश्किएका थिए । तर, घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा बिहान बनमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । बाटो भन्दा करिव २ सय मिटर तल उनको शव फेला परेको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।...
इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–१६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे घर छेउको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा चौधरीको मृत्यु भएको हो । माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
सप्तरीका युवकमा पनि भेटियो कोरोना संक्रमण

सप्तरीका युवकमा पनि भेटियो कोरोना संक्रमण

बिराटनगर । सप्तरीका एक युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ बर्षीय युवकमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । सोमबार बिहान मात्रै कपिलबस्तुका १० जनामा संक्रमण पुष्...
संखुवासभाकी महिलामा देखियो आरडीटी पोजिटिभ

संखुवासभाकी महिलामा देखियो आरडीटी पोजिटिभ

संखुवासभा । संखुवासभाकी एक महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीकी ३० बर्षीय महिलाको आरडीटी गर्दा एन्टिबडी पोजिटिभ देखिएको हो । आरडीटीमा पोजिटिभ रिपोर्ट आएपछि ती महिलाको स्वाब संकलन गरी परीक्षणका लागि बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशाला पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आरडीटी पोजिटिभ देखिएपनि स्वाब परीक्षण रिपोर्टपछि मात्र उनमा कोरोना संक्रमण भए/...
धामीको भर पर्दा सुत्केरीको मृत्यु

धामीको भर पर्दा सुत्केरीको मृत्यु

अछाम । अछामबाट हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज रिफर गरिएकी सुत्केरी देउमा साँउदको मृत्यु भएको छ । सुत्केरी भएको २५ दिनपछि अत्याधिक रक्तश्राव भएपछि उनलाई शनिबार उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो । नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उनको शल्यक्रिया हुन नपाउँदै ज्यान गएको उनका श्रीमान मानबहादुर साँउदले जानकारी दिए। उनले भने, 'अप्रेशन गर्ने तयारीमा थियौ।, अप्रेशन गर्ने कोठामा लग्दै गर्दा ...
२०७७ वैशाख २९ गते सोमबार/आजको राशिफल

२०७७ वैशाख २९ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख २९ गते सोमबार ई. सं. २०२० मे ११ , नेपाल सम्बत ११४० बछलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, शाध्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः१८ बजे, सूर्यास्त साँझ ०६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा ह...
संखुवासभामा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो

संखुवासभामा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो

संखुवासभा । जंगली च्याउ खाँदा बिरामी भएकी संखुवासभाकी एक महिलाको आईतबार मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खाएर बिरामी भएपछि उपचारका लागि बिराटनगर लगिएकी सभापोखरी–२ गोठगाउँकी २४ वर्षीय अनिता राईको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै संखुवासभामा जंगली च्याउ खादा मृत्यु हुनेको संख्या दुई पुगेको छ । केहि दिन अघि पनि जंगली च्याउ खाँदा बिरामी परेकी महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।  दु...
भोजपुर र झापाका संक्रमित कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज

भोजपुर र झापाका संक्रमित कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज

बिराटनगर । बिराटनगरको कोरोना विशेष अस्पतालमा उपचाररत भोजपुर र झापाका दुई जना कोरोना संक्रमित निको भएर अस्पतालबाट आईतबार डिस्चार्ज भएका छन् । भोजपुरको हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापाको बाह्रदशीका ४० बर्षीय महाजिर अलाम कोरोना मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । फागुन अन्तिम साता साउदीबाट आएका भोजपुरका राईमा वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै झाप...
लकडाउनमै पनि थालियो विकास निर्माणका काम (फोटो)

लकडाउनमै पनि थालियो विकास निर्माणका काम (फोटो)

लकडाउनमा निर्माण : धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवा बजार स्थित खेल मैदान सम्याइदै । लकडाउनकै समयमा पनि अहिले बिकास निर्माणका काम सुरु हुँन थालेका छन् । तस्वीर : नबनीत खड्का
महालक्ष्मीमा फौजीकीराको संक्रमणबाट सयौं रोपनी मकैबाली सखाप, बिषादी बाँढ्दै नगरपालिका

महालक्ष्मीमा फौजीकीराको संक्रमणबाट सयौं रोपनी मकैबाली सखाप, बिषादी बाँढ्दै नगरपालिका

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रको सयौं रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा अमेरिकन फौजीकीराको संक्रमण देखिएको छ । महालक्ष्मी नगरका बिभिन्न वडाका किसानहरुले लगाएको ५ सय रोपनी भन्दा बढी क्षेत्रफलको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको हो । महालक्ष्मी वडा नं.४ को सिकरकटेरी, वडा नं.५ को बगर, मेलाङ्चुङ, वडा नं.६ को काफ्ले, आरबोटे लगायत क्षेत्रमा संक्रमण बढी फैलिएको छ । यता, महालक्ष्मी...
झापाका बृद्धा र सोलुखुम्बुका युवाको शव खोलामा भेटियो

झापाका बृद्धा र सोलुखुम्बुका युवाको शव खोलामा भेटियो

बिराटनगर । झापा र सोलुखुम्बुमा दुई जना मृत फेला परेका छन् । झापाको गौरीगञ्ज गाउँपालिका स्थित पाराखोपीका ७३ बर्षीया बेटिया किस्कु र सोलुखुम्बुको सोताङ गाउँपालिका–३ खहरेका १८ बर्षीय दत्तसिंह राई मृत भेटिएका हुन् । उनीहरु दुबै जनाको शव शनिवार खोलामा भेटिएको हो । झापाका बृद्धाको शव स्थानीय कमलखोलामा भेटिएको हो भने सोलुखुम्बुका राईको शव पनि स्थानीय हुगा खोलामा फेला परेको प्रहरीले जनाएको छ । गत बुधब...
बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङको बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–९ का ३० बर्षीय दीलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय दुधे खोलामा करेन्ट लगाएर माछा मार्न गएका चौधरी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घाईते भएका थिए । उनलाई उपचारका लागि धरान स्थित बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प...
सुनसरीबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ

सुनसरीबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ नहरचोकबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले लागुऔषध बिक्रि गर्ने एक जना र खरिद गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध बिक्रि गर्ने भोक्राहा नरसिंह गाउँपलिका–३ का राजकुमार मण्डल, लागुऔषध किन्न आएका धरान उप–महानरपालिका–८ का २७ बर्षीय अजय श्रेष्ठ र ...
उदयपुरका थप एक जनामा भेटियो कोरोनाको संक्रमण

उदयपुरका थप एक जनामा भेटियो कोरोनाको संक्रमण

बिराटनगर । उदयपुरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पताल बिराटनगरमा गरिएको स्वाब परीक्षणका क्रममा उदयपुरको भुल्केकी ४३ बर्षीया महिलामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ बजे संक्रमितको बिवरण अध्यावधिक गर्दै संक्रमणको पुष्टि गरेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । जसमध्ये ३१ जना निको भएर घर फर्किएका छन् ।
२०७७ वैशाख २८ गते आइतबार/आजको राशिफल

२०७७ वैशाख २८ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख २८ गते आइतबार ई. सं. २०२० मे १० , नेपाल सम्बत ११४० बछलाथ्व तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण तृतिया, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शिव योग, विष्टी करण । नेपालमा सूर्योदय बिहान ०५ः१८ बजे, सूर्यास्त साँझ ०६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दि...
धनकुटामा डढेलो

धनकुटामा डढेलो

धनकुटा । धनकुटा नगरपालिका–५ बालमन्दिर स्थित बोधारे सामुदायिक वनमा शनिवार डढेलो लागेको छ । अपरान्ह करिव ४ बजे सुरु भएको डढेलो एक घण्टा पछि नियन्त्रणमा आएको छ । बनमा डढेलो फैलदा जलाधार आसपासका दर्जनौं घरहरु जोखिममा थिए । तर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको प्रयासमा करिव ५ बजे आगो नियन्त्रण भएको हो ।
कबिता: धनीपुर्जा हराएको देश

कबिता: धनीपुर्जा हराएको देश

आफ्नै देशको बरखी बारेर मौनधारण गरिरहे जस्ता हिमालहरु राहदानी भिरेर उडानको पर्खाइमा रहेका नदीहरु आत्महत्या गर्न हामफाली रहे जस्ता झरनाहरु अनि गुँरास कुम्लो पारेर बसाइ सर्न लागेका पहाडहरु देखेर म सोधिरहेछु आमालाई आमा म गोर्खाली हुँ कि हुँइन ? सोधिरहेछु कहाँ छ आमा सुस्ता र लिपुलेकको लालपुर्जा ? किन हडपिरहेछन दलालहरुले? कहाँ राखेकी छ्यौ आमा बुद्धको जन्मदर्ता ? किन दाबी गरिरहेछन नाजायज ...
धनकुटामा जिल्ला बाहिरबाट आएका मजदुरको कोरोना परीक्षण

धनकुटामा जिल्ला बाहिरबाट आएका मजदुरको कोरोना परीक्षण

धनकुटा । धनकुटामा जिल्ला बाहिरबाट आएका मजदुरहरुको शनिवार कोरोना परीक्षण गरिएको छ । धनकुटा–हिले सडक खण्डमा काम गर्दै आएका १७ जना मजदुरको र्यापिड डाइग्नोष्ट्रिक टेष्ट (आरडीटी) गरिएको होे । परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए । सडक मर्मतको काम गर्न उदयपुर, सप्तरी लगायत जिल्लाबाट आएका मजदुरहरुलाई परीक्षण गरिएको हो । मजदुरहरु बिभिन्न जि...
दलितमाथि हिंसा बढेको भन्दै प्रदेश १ का दलित अगुवाले जनाए आपत्ति

दलितमाथि हिंसा बढेको भन्दै प्रदेश १ का दलित अगुवाले जनाए आपत्ति

बिराटनगर । दलितहरुमाथि हिंसा बढेको भन्दै प्रदेश १ का दलित अगुवाहरुले आपत्ति जनाएका छन् । मोरङको मिक्लाजुङमा दलित बालिका बलात्कृत र पोखरामा जातिय बिभेद भएको भन्दै बिभिन्न संघ–संस्था सम्बद्ध ५१ जना दलित अगुवाहरुले सामुहिक प्रेस बिज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । उनीहरुले बलात्कार र जातीय बिभेदको घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाउँन मागसमेत गरेका छन् । बैशाख १९ गते मोरङको मिक्...
झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा । झापाको कमल गाँउपालिका–५ पाडाजुंगी स्थित राजमार्गमा गएराती ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पुर्वतर्फ जाँदै गरेको ना.६ ख.५४०१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको बा.६८ प.९७७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ईलाम चुलाचुली–४ का ३१ बर्षीय रणबहादुर लिम्बुको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक शिबसताक्षी ८ का २७ बर्षीय कबिन्द्र तामाङलाई नियन्त्रणमा लिइए...
नेपाली भूमीमा भारतीय सडक

नेपाली भूमीमा भारतीय सडक

दार्चुला । भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् । गत फागुन पहिलो साता स्थलगत रिपोर्टिङमा जाँदा भारतीय पक्षले नेपाली भूमि प्रयोग गरेर व्यास गाउँपालिका १ र २ वडाको सीमाको पारितर्फ धमाधम स...
उदयपुर, कपिलबस्तु र पर्सामा सात कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ९ पुग्यो

उदयपुर, कपिलबस्तु र पर्सामा सात कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ९ पुग्यो

काठमाडौ । शनिवार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा परीक्षण गर्दा उदयपुरका तीन महिला, कपिलबस्तुका तीन पुरुष र पर्साका एक पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरका १८, ४५ र ६५ बर्षीया महिला, कपिलबस्तुका १८, १७ र १८ बर्षीय पुरुष र पर्साका ६२ बर्षीय बृद्धमा कोरोना संक्रमण ...
error: Content is protected !!