
झापा । झापाको झापा गाउँपालिका–४ स्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले हवाईफायर गरेको छ । जङे पिलर १३१ नम्वर आसपासको सुरक्षा प्रहरी पोस्ट क्षेत्रमा हवाई फायर गरिएको हो ।
अज्ञात भारतीय समुहबाट हुल हुज्जतसहित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि दुई राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीका अनुसार सो घटनाअघि भारतीय नागरिक नेपाल प्रवेश गरेका थिए । जवरजस्ती प्रवेश गर्न खोजेपछि सिमामा तैनाथ नेपाली सुरक्षाकर्मीले उठबस गराएर भारत तर्फ नै फिर्ता पठाएका थिए ।
उनीहरुकै समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको हुन सक्ने स्थानीयको अनुमान छ । सुरक्षाकर्मी माथि नै आक्रमण प्रयास भएपछि नेपाल र भारत दुवै तर्फ सुरक्षा तैनाथी बढाईएको छ ।