चितवन । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । घाईते भएर उपचारका लागि अस्पताल पुगेको अवस्थामा प्रहरीले शर्मालाई नियन्त्रणमा लिएको हो ।
चितवनको रत्ननगर–५ घर भएका नेता शर्मा भर्याङबाट लडेर घाईते भएपछि परिवारका सदस्यहरुले उनलाई पुरानो मेडिकल कलेज पुर्याएका थिए ।
शर्मा अस्पताल पुगेको थाहा पाएपछि प्रहरीले उनलाई अस्पतालको आकस्मिक कक्षबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।