संगालोखबर सम्वाददाता

काठमाडौ । शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

१६ बर्षीय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।

हालसम्म ७४ जना पुरुष र २८ जना महिलामा कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये ३० जना निको भएर घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!