संगालोखबर सम्वाददाता
फाईल तस्वीर

धनकुटा । लकडाउनको समयमा पनि धनकुटामा बिकास निर्माणका महत्वपूर्ण काम नरोकिने भएका छन् । लामो समयको लकडाउनले अधिकांस क्षेत्र प्रभावित भईरहेको अवस्थामा जिल्लाका महत्वपूर्ण बिकास निर्माणका कामलाई निरन्तरता दिन लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति संयोजक केशव प्रसाद बिमलीको अध्यक्षतामा बसेको सर्वक्षिय बैठकले सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर विकासका काम थाल्ने निर्णय गरेको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद, पालिका प्रमुखहरु लगायतको सहभागितामा भएको बैठकले बिकास निर्माणका कामलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको हो ।

Advertisement

लकडाउनको समयमा स्वास्थ्य सर्तकता अपनाउँदै खानेपानी, सिचाई, सडक लगायतका महत्वपूर्ण विकास निर्माणका कामलाई सुचारु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बिमलीले संगालोखबरलाई बताए । ‘बर्खा लागेपछि कार्यसम्पन्न गर्न समस्या हुँने महत्वपूर्ण बिकास निर्माणका कामलाई निरन्तरता दिने निर्णय भएको छ ।’ प्रजिअ बिमलीले भने ‘अब स्वास्थ्य सर्तकता अपनाउँदै महत्वपूर्ण बिकास निर्माणका काम सुरु हुन्छन् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!