संगालोखबर सम्वाददाता
फाईल तस्वीर

खोटाङ । खोटाङमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । बाख्रा चराउँन जाँदा खोलाले बगाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी १४ बर्षीया अम्बिका रोक्काको मृत्यु भएको हो ।

बाख्रा चराउन गएर फर्कदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा रोक्कालाई खोलामा आएको बाढीले बगाएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ ।

Advertisement

चिउरीडाँडाबाट गएको प्रहरी टोली र स्थानीयबासीले खोजि गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल खोलामा मृत अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!