संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीबाट आज १ करोड ९ लाख ७९ हजार भारतीय रुपैयाँ बरामद भएको छ । डब्ल्यूबी ७३ इ ७६३५ नम्बरको भारतीय ट्रकमा लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद भएको हो ।

Advertisement

भारतीय भन्सार जाँच चौकीबाट खाली आएको भनिएको ट्रकमा पैसा बरामद भएको हो । खाली ट्रक नेपाल आएको बहाना बनाएर भारतीय रुपैयाँ नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाली रुपैयाँ १ करोड ७५ लाख ६७ हजार २ सय ४८ रुपैयाँ हुन आउँने उक्त भारतीय रुपैया कसले र किन ल्याएको हो भन्ने खुल्न सकेको छैन । यो बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

अबैध पैसा बरामद भएपछि पैसा ल्याउँने ट्रकसहित दुईजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!