काठमाडौं । नेपालगञ्जका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा मंगलबार गरिएको परीक्षणका क्रममा सात जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार नेपालगञ्ज–८ का २२, ३० ४० बर्षीय पुरुष र ९, ३२ ३४ र ५५ बर्षीया महिलामा संक्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।