संगालोखबर सम्वाददाता

खाँदबारी । श्रीमानले जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी संखुवासभाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जंगली च्याउ खाएपछि बिरामी भएर बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल पुर्याईएकी सभापोखरी गाउँपालिका–२ गोठगाउँकी २४ बर्षीया मनिला राईको गएराती मृत्यु भएको हो ।

Advertisement

गत शनिवार मनिलाका श्रीमान सन्देश राईले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सन्देशसहित श्रीमति र छोरी पनि बिरामी परेका थिए । त्यस्तै च्याउको तरकारी खाँदा छिमेकमा पनि एकै परिवारका तीन जना बिरामी भएपछि दुबै परिवारका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

उपचार पश्चात सबैजना अस्पतालबाट डिस्चार्ज भएका थिए । तर, मनिला र छिमेकी अनिता राईलाई पुनः श्वास प्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि नोबेल अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा मनिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि प्रकाशित समाचार…

संखुवासभामा जंगली च्याउ खाँदा ६ जना बिरामी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!