खोटाङ । खोटाङमा आज दिउँसो भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ–१० का २५ बर्षीय नबिन राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
आज दिउँसो करिव एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।