बिराटनगर । विराटनगरस्थित कोरोना बिशेष अस्पतालमा उपचाररत थप ८ जना संक्रमित कोरोना मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । लगातार तीन पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ ।
डिस्चार्ज हुँन लागेका ८ जना नै उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएका हुन् । यसअघि पनि भुल्केबाटै ल्याइएका ६ जना भारतीय कोरोना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
भुल्केका १५ जनाको स्वाब परीक्षण गर्दा ८ जनाको रिपोर्ट नेगेटिभ र ७ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।