संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारी नगरपालिका–७ स्थित नहरको डिलमा बिहिबार एक युवकको शव शंकास्पद अवस्थामा भेटिएको छ । कानेपोखरी गाँउपालिका–१ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव नहरको डिलमा भेटिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Advertisement

ट्याक्टरमा काम गर्दै आएका गिरी बुधबार दिउँसोबाटै परिवारसँग सम्पर्कबिहिन थिए । राती घर नआएका गिरीको बिहान नहरको डिलमा शव फेला परेको हो । मर्निङवाकका क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक गिरीको शरीरका विभिन्न भागमा चोट छ ।

घटनाको अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले संगालोखबरलाई बताए । ‘घटना हुनु अघि गिरीसँग सम्पर्कमा रहेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ ।’ प्रहरी निरीक्षक गिरीले भने ‘घटनाको यथार्थ नजिक पुगिसकेका छौं । चाडै सत्यतथ्य पत्ता लाग्छ ।’

ईलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगरको टोलीले घटनाको अनुसन्धान जारी राखेको छ । बुधबार राती गिरीसहित केहि युवाहरुसँगै बसेर माधक पदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतकको शवलाई पोष्मार्टमका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!