संगालोखबर सम्वाददाता
फाईल तस्वीर

मोरङ । मोरङको मिक्लाजुङमा इनारमा डुबेर आज एक बृद्धाको मृत्यु भएको छ । दिउँसो करिव १ बजे इनारमा डुब्दा मिक्लाजुङ गाउँपालिका–७ बेलगौडेकी ६० बर्षीया सानुमाया लम्सालको मृत्यु भएको हो ।

आफ्नै घर अगाडिको इनारमा डुबेर लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । उनी इनारमा मृत भेटिएको खबर पाएपछि उर्लाबारीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

Advertisement

मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलवारे अस्पताल लगिएको छ । लम्साल कसरी इनारमा डुबिन भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!