संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना भाईरसको महामारी रोकथाम र उपचारमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा आज साँझ धनकुटामा पनि दीप प्रज्वलन गरिएको छ । कोरोना रोकथाममा खटिनेहरुको सम्मान स्वरुप सरकारले बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्वलनका लागि देशबासीलाई आवहान गरेको थियो ।

Advertisement

सरकारको आग्रह बमोजिम धनकुटाबासीले पनि घर–घरमा दीप प्रज्वलन गरे । त्यस्तै जिल्ला सदरमुकामसहित बिभिन्न बजारका चौक–चौकमा पनि दीप प्रज्वलन गरेर कोरोनाको महामारीमा खटिनेहरुप्रति सम्मान व्यक्त गरिएको हो ।

यसैवीच उद्योग बाणिज्य संघको अगुवाईमा धनकुटा सदरमुकामसहित बिभिन्न स्थानका बजारहरुमा दीप प्रज्वलन गरिएको छ । सदरमुकामको मदनचौक, भीमनारायण चौकलगायत बिभिन्न स्थानमा दिप प्रज्वलन गरेर कोरोनाको अभियानमा खटिनेलाई सम्मान र संक्रमितहरुलाई स्वास्थ्य लाभको कामना गरिएको उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष बिजय सन्तोषी राईले बताए ।

उनका अनुसार सदरमुकामसहित हिले, सिधुवा, पाख्रीवास लगायत क्षेत्रका बजारमा पनि बाणिज्य संघको अगुवाईमा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलनमा उद्योग बाणिज्य संघका पदाधिकारीहरुसहित बजारबासी पनि सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!