संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–५ मा हिजो साँझ एक युवाले आफ्नै बाबु र सौतेनी आमाको बिभत्स हत्या गरेका छन् । इसिबु स्थित सिङ्गला टोलका २० बर्षीय कञ्चन लिम्बुले ४२ बर्षीय बुबा रुपबहादुर र सौतेनी आमा ३५ बर्षीय ईसाको हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement

साँझ करिव ६ बजे कञ्चनले बन्चरो प्रहार गरेर बाबु–आमाकै हत्या गरेका हुन् । बन्चरो प्रहारबाट बुबाको टाउको र ढाडमा चोट देखिएको घटनास्थल पुगेका वडाध्यक्ष टेकबहादुर तामाङले संगालोखबरलाई जानकारी दिए । ‘घरकै कोठामा वावु–आमाकै लास भेटियो ।’ संगालोखबरसँग वडाध्यक्ष तामाङले भने ‘बाउको टाउकोमा काटेको रहेछ, आमाको घोप्टो परेको अवस्थामा ढाडमा काटेको देखिन्छ । रगत लतपतिएको बन्चरो पनि घरमै भेटियो ।’

घटनाको जानकारी पाएपछि अहिले सम्दुबाट प्रहरी टोली घटनास्थल पुगेको छ । अब जिल्लाबाट पनि प्रहरी टोली पुगेपछि शबलाई पोष्टमार्टमका लागि अस्पताल लगिने बताईएको छ । हत्यामा संलग्न कञ्चनलाई पोक्लावाङ प्रहरी चौकीको टोलीले देउरालीडाँडाबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । पोक्लावाङ प्रहरी चौकीका ईन्चार्ज ब्रम्हदेव यादवका अनुसार हत्यापश्चात प्रहरी कार्यालय जान्छु भनेर हिड्दै गरेको अवस्थामा कञ्चनलाई राती करिव ९ बजे नियन्त्रणमा लिईएको हो ।

बुबा–आमाको हत्या गरेको प्रहरीसमक्ष उनले स्वीकार गरेका छन् । आफ्नो आमा अर्को बिहे गरेर गएको र सौतेनी आमा र बुबाले आफुलाई बेवास्ता गरेर खान बस्नसमेत नदिएपछि दुवै जनाको हत्या गरेको प्रहरीसमक्ष उनले बयान दिएको स्रोतले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!