गोमा ढुंगाना/संगालोखबर


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख भन्दा बढी रकम जम्मा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र राहत वितरणका लागि ३१ लाख ७६ हजार ८ सय २५ रुपैयाँ कोषमा जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले २० लाख ७५ हजार रकम कोषमा जम्मा गरेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले १५ दिनको तलब भक्ता वरावरको २ लाख ५९ हजार रकम जम्मा गरेका छन् । त्यस्तै प्रदेश सरकारले ५ लाख रकम दिएको छ ।

Advertisement

निजी क्षेत्रबाट प्रदान गरिएको मध्ये चौबिसे–३ स्थित तमर परम कल्चर सिकाई थलोले सर्वाधिक २ लाख २० हजार रकम कोषमा जम्मा गरेको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।

त्यस्तै चौबिसे ईसाई समाजले ४२ हजार, माउण्ट एभरेष्ट विनेरीले ३० हजार, जिवन विकास लघुवित्त बुधबारे शाखाले २५ हजार र जिवन विकास लघुवित्त राजारानी शाखाले २५ हजार रकम कोषमा जम्मा गरेका छन् ।

कोषमा जम्मा भएको रकमबाट गाउँपालिकाले अहिले लकडाउन प्रभावितहरुलाई राहत वितरण गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!