ओली बिनाको एमाले कल्पना गर्न सकिँदैन : खेलकुद महासङ्घ
काठमाडौं । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घले केपी शर्मा ओली बिनाको एमाले कल्पना गर्न नसकिने निष्कर्ष निकालेको छ ।
महासङ्घको नवौँ केन्द्रिय पदाधिकारी बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा पार्टी अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको हो ।
महासङ्घको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको बैठकले समकालीन नेपाली राजनीति एमाले बिना र...































