संगालोखबर


विराटनगर । विराटनगरको मोर्डन ऐरा स्कुलले रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार र शनिबार विभिन्न कार्यक्रमको आयोजना गर्दै मोर्डन ऐराले रजत जयन्ती मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले रजत जयन्तीको उद्‌घाटन गरेका थिए । सो अवसरमा उनले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताए । उनले पढाइसँगै आफ्नो रुचिको क्षेत्रमा अघि बढ्न आवश्यक रहेकोमा जोड दिए ।

प्रिन्सिपल इन्द्र राईले निरन्तरको परिश्रम, विश्वास र शैक्षिक उपलब्धिले विद्यालयलाई आज यो स्थानमा ल्याउन सकिएको बताए । कक्षा पीजी देखि स्नातक सम्म मोर्डन ऐरामा पठन-पाठन हुँदै आएको उनको भनाइ छ । विद्यालय तहमा ९ सय ५० र कलेज तर्फ ३ सय ५० विद्यार्थी अध्ययनरत रहेका राईले जानकारी दिए ।

रजतजयन्तीका अवसरमा स्कुलले स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट अंक ल्याउने ७ जना विद्यार्थीलाई सम्मान गरेको स्कुलका अध्यक्ष गोविन्द निरौलाले बताए । सो अवसरमा विद्यार्थीहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका छन् । स्कुलले भजन कीर्तन प्रतियोगिता समेत आयोजना गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!