संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख छ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुन प्रतितोला तीन लाख छ हजार छ सय, मंगलबार तीन लाख पाँच हजार पाँच सय, सोमबार तीन लाख चार हजार छ सय र आइतबार तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला तीन सय ४० रुपैयाँ घटेर पाँच हजार रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला पाँच हजार दुई सय ९०, मंगलबार पाँच हजार दुई सय ४०, सोमबार पाँच हजार दुई सय ५० र आइतबार पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!