संगालोखबर


धनकुटा । धनकुटामा ‘चियासँग कविता’ कार्यक्रमको पहिलो वार्षिकोत्सवको अवसरमा चार जना सम्मानित भएका छन् । आज आयोजना गरिएको कार्यक्रममा साहित्यकार र पत्रकारसहित चार जना नगदसहित सम्मानित भएका हुन् ।

चियासँग कवितामा धनकुटा साहित्यिक रत्न पुरस्कारबाट घनश्याम बराल ‘औलाली’, युवा साहित्य पुरस्कारबाट कवि मन्जुल मितेरी, नव प्रतिभा पुरस्कारबाट कवि दृष्टि श्रेष्ठ र चियासँग कविता साहित्यिक पत्रकारिता पुरस्कारबाट पत्रकार ईश्वर थापा सम्मानित भएका छन् ।

उनीहरूलाई क्रमशः १५ र ५/५ हजार नगद प्रदान गरिएको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र चियासँग कविता कार्यक्रमको संयोजक रहेका रेडियो धनकुटा एफएमका स्टेसन म्यानेजर गोपाल बराइली लगायतले सम्मान गरेका थिए ।

एक वर्षको अवधिमा यस कार्यक्रममार्फत लुकेर रहेका धेरै प्रतिभाहरू उजागर भएका कार्यक्रम संयोजक बराइलीले बताए । सोही अवसरमा चियासँग कविता सङ्ग्रहको पुस्तक समेत विमोचन गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!