संगालोखबर


विराटनगर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङमा आवश्यक सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङका ६ वटै क्षेत्रलाई आवश्यक पर्ने निर्वाचन सामग्री तयारीको काम अन्तिम चरणमा पुगेको हो ।

यतिखेर प्रदेश निर्वाचन कार्यालयका कर्मचारीहरू निर्वाचन सम्बन्धी कागज तथा अन्य सामग्रीहरू पोको बनाउने काममा व्यस्त छन् । जनशक्ति अभावका कारण अन्य कार्यालयहरूबाट थप जनशक्तिलाई काजमा बोलाएर तयारीको काम तीव्र पारिएको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।

थप र केही अपुग सामग्रीहरू केन्द्रबाट आउने क्रम जारी रहेको अधिकारीले बताए । आगामी फागुन २१ गते देशभर प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर निर्वाचन हुँदैछ । निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरू तथा निर्वाचन आयोग अन्तिम चरणमा पुगेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!