संगालोखबर


विराटनगर । विराटनगरको शिक्षादीप कलेजले कला, खेलकुद तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने १ सय २५ विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

ललितकला संगमले गरेको जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी, जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताका ‘फस्ट रनरअप’ हुने र बास्केटबल खेलाडी विद्यार्थीलाई सम्मान गरिएको हो ।

त्यस्तै कलेजको प्रि–इञ्जिनियरिङ तथा प्रि–मेडिकलको परीक्षा र कक्षा ११ र १२ को दोश्रो त्रैमासिक परीक्षामा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पनि सम्मान गरेको छ । कलेजले शुक्रबार कार्यक्रम आयोजना गरि उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

कार्यक्रममा प्रधानाध्यापक ज्ञानबहादुर खड्का, प्रमुख निर्देशक रमेशकुमार मण्डल, निर्देशकहरू डा. ललितनारायण मण्डल, राजेन्द्रप्रसाद यादव, रामचन्द्र अधिकारी, भूपेन्द्र दाहाल, विज्ञान संकाय संयोजक नविनकुमार राय लगायतले विद्यार्थीहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् ।

हरेक साता प्रि–इञ्जिनियरिङ र प्रि–मेडिकलका परीक्षा सञ्चालन गर्दै आएको र ११ सय विद्यार्थीहरूबीच भएको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरिएको कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए  ।

कार्यक्रममा प्रधानाध्यापक खड्काले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न नियमित रूपमा सम्मान गर्ने गरिएको भन्दै यसले अरु विद्यार्थीलाई पनि प्रेरणा मिल्ने धारणा राखे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!