संगालोखबर


धनकुटा । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आसन्न निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । आज प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।

उनले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण सुरक्षा प्रबन्धका लागि प्रदेश सरकारले काम लागि रहेको बताए । प्रदेश सरकारले सङ्घीय सरकारसँग चुनावी गतिविधिलाई सहजताका साथ सम्पन्न गर्न आवश्यक समन्वय गरिरहेको उनले उल्लेख गरे ।

निर्वाचन केन्द्रित भएर सुरक्षा बैठक लगायत शान्तिसुरक्षाका विषयमा छलफल भइरहेको बताउँदै उनले सबै जिल्लामा सुरक्षा कमान्डको पोष्ट र आवश्यक काम गरिरहेको बताए । निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न सबैलाई आवश्यक सहयोग गर्न समेत उनले आग्रह गरे ।

उनले सामाजिक सञ्जालमा नकारात्मक तथा भ्रामक सूचना सम्प्रेषण भइरहेको उल्लेख गर्दै त्यस्ता सूचनाको पछि नलाग्न पनि अनुरोध गरेका छन् । त्यस्ता सूचनाको नियमन गर्न कोशी सरकारले ‘अनुगमन डेक्स’ स्थापना गरेर काम गरिरहेको मन्त्री पराजुलीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!