संगालोखबर


दमक । नेकपा एमालेले झापाको निर्वाचन क्षेत्र नम्बर-५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न आजबाट कार्यकर्ता परिचालन गरेको छ ।

एमालेका केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार मतदाताका सुझाव संकलन गर्दै पार्टीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले भेटघाटलाई तीब्र बनाइएको हो ।

भेटघाटमा पार्टीका आफ्नो भूगोलमा रहने केन्द्रिय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी, जिल्ला, क्षेत्रीय कमिटिमा रहने सबै पदाधिकारी तथा सदस्य, स्थानीय टोल समितिमा आवद्ध कार्यकर्ता सहभागि छन् ।

यस क्रममा जनताबाट आएका सुझाव र पार्टीले खेल्नु पर्ने भूमिकाका विषयलाई सम्बोधन गरिने जनाइएको छ । यस निर्वाचन क्षेत्र अन्तर्रगतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर उनीहरूले मतदातालाई निर्वाचनमा भाग लिन तथा एमालेका उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिजयी गराउन आग्रह गरिरहेका छन् ।

झापाको दमक नगरपालिका ५ स्थित प्रशान्ति टोलमा भेटघाटमा व्यस्त नेकपा एमालेको भ्रातृसङ्गठन अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालले मतदाताको घरघरमा पुगिरहेको बताइन् ।

यस क्रममा धेरै मतदाताले उत्साह पूर्वक सुझाव दिएको उनको भनाइ छ । भेटघाटको क्रममा जनताले दिएको सुझावले आफूहरूलाई थप उत्साहित बनाएको उनले बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!