
विराटनगर । विराटनगर-५ स्थित पुलचोकमा गएराति करिब १ बजेतिर दुर्घटनामा परेको स्कारपियोबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । बा ८ च ६५०८ नम्बरको स्कारपियोबाट प्रहरीले ४ सय २० किलो गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कारपियो अचानक अनियन्त्रित भएर सडक छेउको खाल्डोमा खसेको थियो । घटनाको जानकारी पाउनसाथ खटिएको प्रहरी टोली घटनास्थलमा पुग्दा चालक भने फरार भएका थिए ।
दुर्घटनामा परेको गाडीमा चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।
गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने खुल्न बाँकी छ । चालक फरार रहेकाले उनको खोजी तीव्र पारिएको डीएसपी चौधरीले जानकारी दिए ।

संगालोखबर 














