संगालोखबर


विराटनगर । मोरङको जहदा गाउँपालिका-१ बाट खाल्डोमा लुकाइएको अवस्थामा २ सय ७५ किलो ८ सय ग्राम गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको सशस्त्र र नेपाल प्रहरीको टोलीले खोल्डोमाथिबाट परालले छोपेर राखेको अवस्थामा गाँजा बरामद गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले गाँजा बरामद भएसँगै जहदा-१ का २८ वर्षीय चन्दनकुमार साहलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले आज बिहान ६ गाँजा बरामद गरेको हो ।

पक्राउ परेका साह र बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । गाँजा कहाँबाट ल्याइएको र कता लैजान खोजिएको हो खुल्न बाँकी छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!