
विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनी नसकेको बताएका छन् । झापा-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका ओलीले आज भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले पार्टी चुनावको तयारीमा लागिरहेको भएपनि अहिलेसम्म ढुक्कको वातावरण बनी नसकेको बताए । ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौ, चुनावको वातावरण त यसै भन्न सकिन्न अझै पनि’, उनले भने ।
यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरूसँग भेट गरेका थिए । उनी निर्वाचन केन्द्रित गतिविधिका लागि गृहजिल्ला झापा आएका हुन् ।

संगालोखबर 














