संगालोखबर


ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको पाथिभरा पुगेकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ पुगेकी कार्कीले पाथीभरामा पूजाअर्चना गरेकी हुन् ।

‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’, उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेकी छिन् ।

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!