संगालोखबर


काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य चुनावका लागि प्रचार-प्रसारको समय तोकेको छ । सो अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पनि आयोगले निर्देशन दिएको छ ।

आज राति १२ बजेदेखि शुरु हुने यो प्रचार अवधि १८ गते राति १२ बजेसम्म कायम रहने आयोगले जनाएको छ । आयोगका अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्नेदेखि उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्छ ।

आचारसंहिता उल्लङ्घन गरेको ठहर भएमा उम्मेदवारी खारेजदेखि ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने गरी निर्णय हुनसक्ने आयोगले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!