संगालोखबर


विराटनगर । विराटनगर-२ स्थित बुढानीलकण्ठ स्कुलमा ‘फन फेस्टा’ आयोजना गरिएको छ । विद्यार्थीहरूको आन्तरिक प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

स्कुल परिसरमा आयोजित फेस्टामा विद्यार्थीहरूले आफैँ तयार पारेका विभिन्न हस्तकलाका सामग्री, विज्ञान प्रदर्शनी र खाद्य स्टलहरू राखिएको थियो । यस्तै फेस पेन्टिङ र पाँचवटा फरक फरक ‘गेम जोन’ हरू मेलाका मुख्य आकर्षण थिए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरी सहभागी अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहालले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप अनिवार्य रहेको बताए ।

स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गराउन मेला आयोजना गरिएको बताए । विद्यालयमा एक हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!