एन्फा महिला लिगमा कोशी प्रदेशको दोस्रो जित

एन्फा महिला लिगमा कोशी प्रदेशको दोस्रो जित

काठमाडौं। कोशी प्रदेशले एन्फा महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लबलाई २-१ गोलले पराजित गरेको हो । दिव्या यसमाली मगरको आत्मघाती गोलसँगै कोशीले दोस्रो जित निकाल्न सफल भयो । कोशीले दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ भने बागमती तीन अङ्कमा सीमित भएको छ । कोशीको जितमा समीक्षा मगरले एक गोल गरेकी छिन् । यता...
पर्यटन प्रवर्द्धनका लागि तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता 

पर्यटन प्रवर्द्धनका लागि तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता 

ताप्लेजुङ । ताप्लेजुङमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना हुने भएको छ । तिम्बुङपोखरी संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गरेर भदौ २६ गते प्रतियोगिता गर्न लागेको जनाएको हो । तिम्बुङ पोखरी क्षेत्रको प्रचार गर्नका लागि प्रतियोगिता गर्न लागिएको हो ।  ४ हजार २ सयदेखि ४ हजार ३ सय ५० मिटर उचाइमा ८ किलोमिटर दौडको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आ...
खोटाङका ठाउँठाउँमा पहिरो झर्दा सडक अवरुद्ध, वर्कसप र पेट्रोल पम्पमा क्षति

खोटाङका ठाउँठाउँमा पहिरो झर्दा सडक अवरुद्ध, वर्कसप र पेट्रोल पम्पमा क्षति

विराटनगर । निरन्तरको वर्षाका कारण खोटाङमा पहिरो खसेर विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोले मोटरसाइकल वर्कसप र पेट्रोल पम्पमा पनि क्षति पुर्याएको छ । बुधबार रातिदेखि परेको पानीका कारण ऐंसेलुखर्क गाउँपालिकाको बजार क्षेत्र र अन्य स्थानमा पनि पहिरोले सडक अवरुद्ध भएको हो । खोटाङ र भोजपुर जोड्ने भालुखोला सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सो सडकखण्डमा झरेको पहिरो हटाउने काम सुरु भएको जिल्ला...
अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । भदौ २४ गते सहिदभूमि गाउँपालिका वडा नं.१ स्थित धाप स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार अपाङ्गता ...
उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा आमाछोरा मृत फेला परेका छन् । करिब ४० वर्षीया आमा निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा मृत फेला परेका हुन् । गएराति उनीहरूको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का छ । उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राजन चापागाईँले जानकारी दिए । ‘बिहानको राति हत्या भएको हुनसक्छ,’ चापागाईँले संगालोखबरसँग भने, ‘अनुसन्...
विराटनगरमा ‘विराट सडक महोत्सव’ हुने

विराटनगरमा ‘विराट सडक महोत्सव’ हुने

विराटनगर । विराटनगरमा आगामी असोज १७ गतेदेखि ‘विराट सडक महोत्सव’ हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रालिको आयोजनामा असोज २३ गतेसम्म हिमालय रोडमा महोत्सव हुन लागेको हो ।  विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पिँढीमा समेत पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक मन्जिना मुभिज क्रियसन प्रालिका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए ।  विभिन्न जात...
झापामा १९ हजार ९२० सवारी चालक अनुमतिपत्र वितरण

झापामा १९ हजार ९२० सवारी चालक अनुमतिपत्र वितरण

झापा ।  यातायात व्यवस्था कार्यालय झापाले १९ हजार बढी सवारी चालक अनुमतिपत्र वितरण गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ९ सय २० सवारी चालक अनुमतिपत्र वितरण गरिएको हो ।  यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४ दिएको थियो । गत आव २०८०/८१ मा सबैभन्दा धेरै ७ हजार ६ सय १५ मोटरसाइकल दर्ता भएका कार्यालयले जनाएको छ ।  यसैगरी १ हजार ७ सय ५ इ–रिक्...
आफन्तको घर गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

आफन्तको घर गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

धनुषा । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ मा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । बुधबार साँझ उनीहरूको मृत्यु भएको हो । आफन्तको घरमा गएको बेला उनीहरू पौडी खेल्न गएको र सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवाले जनाएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेक...
२०८१ भदौ २० गते बिहीबार/आजको राशिफल

२०८१ भदौ २० गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २० गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर ०५ नेपाल सम्वत् ११४४ ञंलाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल द्वितीया, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शुभ योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ५ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुन...
छोरीहरूलाई विष खुवाएर मारेको अस्मिताको स्वीकारोक्ति

छोरीहरूलाई विष खुवाएर मारेको अस्मिताको स्वीकारोक्ति

विराटनगर । मोरङको सुन्दरहरैँचाकी अस्मिता पौडेल कार्कीले छोरीहरूलाई विष खुवाएर मारेको स्वीकार गरेकी छन् । सुन्दरहरैँचा-७ स्थित केराघारीमा छोरीहरू एक वर्षीया आइङ्का र तीन वर्षकी अर्पना मृत फेला परेको चार दिनपछि आज बिहान पक्राउ परेकी उनले विष खुवाएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी हुन् ।  झापाको बिर्तामोडबाट पक्राउ गरेर ल्याइएकी अस्मितालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनमा...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर-१५ स्थित रानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहानको राति भएको दुर्घटनामा विराटनगर-१ स्थित परोपकार घाट विजयपुर टोलका २० वर्षीय सुशील कामतको मृत्यु भएको हो । तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका कामतको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । भट्टीमोडबाट जोगवनी तर्फ गइरहेको को २१ प ८९६२ नम्बरको मोटरसाइ...
धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसर पारेर आज बिहान जिल्ला अस्पताल धनकुटाका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका बिरामीहरूलाई फलफूल बितरण गरेको हो । रेडक्रसका कोशी प्रदेश सभापति नरेन्द्र पोख्रेल, जिल्ला सभापति छत्रकुमार श्रेष्ठ, रेडक्रसका मन्त्री रामकुमारी राई, उपसभापति ठगेन्द्र अधिकारी, कोषाध्यक्ष मुकुन्द ...
छोरी मृत भेटिएको चार दिनपछि फेला परिन् आमा

छोरी मृत भेटिएको चार दिनपछि फेला परिन् आमा

विराटनगर । गत शुक्रबारदेखि बेपत्ता रहेकी मोरङको सुन्दरहरैंचा-७ की अस्मिता कार्की आज बिहान झापामा फेला परेकी छन् । झापाको बिर्तामोडबाट प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो । अस्मिताका मामा लेखत खड्काका अनुसार श्रीमानसँग वादविवाद भएपछि दुई नाबालिका छोरी लिएर उनी शुक्रवार साँझ करिब ६ बजे घरबाट हिँडेकी थिइन् । शनिवार अपरान्ह करिब ४ः३० बजे स्थानीय केराघारीमा दुई छोरी मृत फेला परे । आमा अस्मिता भने...
अब सार्वजनिक बिदामा पनि देशभरका सरकारी अस्पतालको ओपीडी खुल्ने

अब सार्वजनिक बिदामा पनि देशभरका सरकारी अस्पतालको ओपीडी खुल्ने

विराटनगर । देशभरका सरकारी अस्पतालका ओपीडी अब सार्वजनिक बिदाको दिन पनि खुला हुने भएका छन् । शनिवार बाहेक धेरैजसो सार्वजनिक बिदामा ओपीडी खुला गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई मङ्गलबार निर्देशन दिएको हो । त्यसअघि भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाको दिन पनि सबै प्रकारका सेवा सुचारु गर्न/गराउँन भनेर स्वास्थ्य मन्त्रालयलाई निर्देशन ...
२०८१ भदौ १९ गते बुधबार/आजको राशिफल

२०८१ भदौ १९ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ भदौ १९ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर ०४ नेपाल सम्वत् ११४४ ञंलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल प्रतिपदा, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, साध्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ०५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखम...
सिधुवाबाट लागूऔषधसहित तीन जना पक्राउ

सिधुवाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको सिधुवाबाट प्रहरीले आज साँझ लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सिधुवा बजारको एक चिया पसलबाट साँझ करिब ५ः३० बजे एक महिलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-५ का २२ वर्षीय लक्षु शेर्पा, मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २१ वर्षीय प्रवेश लिम्बू र सुन्दरहरैंचा-९ की २० वर्षीया सलिना क्षेत्री छन् । शङ्का लागेर चेकजाँच गर्दा साथबाट...
मोरङका २९ पत्रकारले बल्ल पाउने भए कोरोना बीमाको भुक्तानी

मोरङका २९ पत्रकारले बल्ल पाउने भए कोरोना बीमाको भुक्तानी

विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङमा आवद्ध २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी लामो समयपछि बल्ल पाउने भएका छन् । उनीहरूले एक/एक लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरूको रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको छ । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासङ्घ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी...
नाबालिका दिदीबहिनी मृत्यु प्रकरणः चार दिन बित्दा पनि भेटिइनन् आमा

नाबालिका दिदीबहिनी मृत्यु प्रकरणः चार दिन बित्दा पनि भेटिइनन् आमा

विराटनगर । गत शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका-७ को केराघारीमा दुई नाबालिकाको शव भेटिएको विषयमा प्रहरीले अनुसन्धान तीब्र पारेको छ । धनकुटाको पाख्रिबास नगरपालिका-४ घर भइ सुन्दरहरैँचा बस्दै आएका अर्जुन कार्की र अस्मिता न्यौपानेका छोरी एक वर्षीया आइका र तीन वर्षीया अर्पणा मृत फेला परेका थिए । मृतक बालिकाहरूको शव नजिकै विषादीको खाली बट्टासमेत भेटिएको थियो । प्रहरीले घटनाका विषयमा सोही दिनदेखि ...
धनकुटामा बढ्यो तरकारी उत्पादन

धनकुटामा बढ्यो तरकारी उत्पादन

धनकुटा । धनकुटामा तरकारी उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा तरकारी उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषकहरू व्यवसायिक कृषि कर्ममा लाग्ने क्रम बढेपछि तरकारी उत्पादन वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्ष १ लाख ३७ हजार ४ सय ४८ मेट्रिकटन तरकारी उत्पादन भएको छ । त्यस अघिको वर्ष १ लाख ३३ हजार ५ सय ९५ दशमलव ५० मेट्रिक टन तरकारी उत्पादन भएको क...
कोशीका वन रक्षक र लेखाका कर्मचारी पुनः आन्दोलित

कोशीका वन रक्षक र लेखाका कर्मचारी पुनः आन्दोलित

विराटनगर । कोशी प्रदेशका वन रक्षक र लेखाका कर्मचारी पुनः आन्दोलित बनेका छन् । आफूहरूलाई मर्कामा पार्ने गरी प्रदेश निजामती कर्मचारी सेवा ऐन संशोधन विधेयक पारित गराउन खोजिएको भन्दै उनीहरूले मङ्गलबार कोशी प्रदेशसभा अगाडि धर्ना दिएका हुन् । गत असारमा भएको सहमति विपरित आफूहरूका माग हटाउन खोजिएकाले आन्दोलन गर्नुपरेको लेखाका कर्मचारीहरू बताउँछन् । सहमति अनुसार ल्याइएको संशोधन विधेयकमा सत्ता पक्षकै सां...
सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प

सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प

विराटनगर । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौँ उपत्यकासम्म अनुभव गरिएको थियो । भूकम्पबाट कतै केही क्षति भए, नभएकोबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगरमा छाडा चौपायाले दुर्घटनाको जोखिम

विराटनगरमा छाडा चौपायाले दुर्घटनाको जोखिम

विराटनगर । गत साउन ६ गते साँझ विराटनगर–१ पोखरिया विष्णुमाया पुस्तकालय अगाडि मोटरसाइकलले गाईलाई ठक्कर दियो । मोटरसाइकलको ठक्करबाट गाईको घटनास्थलमै मृत्यु भयो । चालक घाइते भए । उनको हातमा चोट लागेको थियो । साँझको समयमा विराटनगर बजारतिर जाँदै गर्दा एक्कासि सडकमा गाई आएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ थियो । यस्तै, साउन २९ गते राति साढे ९ बजेको समयमा विराटनगरको एयरपोर्ट मोडमा मोटरसाइकलको ठक्क...
टेम्पोको ठक्करले बालकको मृत्यु

टेम्पोको ठक्करले बालकको मृत्यु

सुनसरी । गढी गाउँपालिका–२ भमरी चोकमा भएको दुर्घटनामा एक बालकको गएराति मृत्यु भएको छ । इनरुवा–दुहबी भित्री पक्की सडक खण्डमा को २ ह १८३७ नम्बरको टेम्पोले ठक्कर दिँदा स्थानीय प्रमोद साह हलुवाईका चार वर्षीय छोरा प्रमनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएको हो । टेम्पो चालक स्थानीय रामकुमार हरिजनलाई प्रहरीले नियन्त्रण...
२०८१ भदौ १८ गते मङ्गलबार/आजको राशिफल

२०८१ भदौ १८ गते मङ्गलबार/आजको राशिफल

बि.सं.२०८१ भदौ १८ गते मङ्गलबार ई.सं.२०२४ सेप्टेम्बर ०३ नेपाल सम्वत् ११४४ गुंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण औंसी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, सिद्ध योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५ः४३ बजे, सूर्यास्त साँझ ०५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर ...
कविता : बा

कविता : बा

बा घरको मूल पिल्लर हौँ तिमी समस्याहरूको समाधान गर्न सक्ने जडी हौँ तिमी, बाबु  ताते-ताते भन्दै अगाडि लाग्ने मेरो लागि मूल नेतृत्व हौँ बा तिमी । बुबु माम सुपुक्क काफल गेडी कुटुक्क भन्दै मुमाले खुवाउन नसकेको चारो सजिलै खुवाउन सक्ने बहुमुखी प्रतिभाशाली  मुखिया हौँ बा मेराे लागि तिमी   । जीवनका कखरा पढाउने  देखि हिँड्न , भिड्न समेत सिकाउने महान् गुरु हाै बा तिमी , हाँस्न , हसाउँन, फकाउन जादु...
धनकुटामा मोती जयन्तीः कवितामा कञ्चन प्रथम

धनकुटामा मोती जयन्तीः कवितामा कञ्चन प्रथम

धनकुटा । युवाकवि मोतीराम भट्टको १५९ औं जन्मजयन्तीको अवसरमा धनकुटामा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा भाषा मावि धनकुटाको कक्षा १२ की छात्रा कञ्चन बस्नेत प्रथम भइन् । प्रतियोगितामा छात्रा आषिका राई दोस्रो र नितु शाहीले तेस्रो स्थान हासिल गरिन् । उनीहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपाल...
विराटनगरमा स्कुलको दुई तला माथिबाट हामफालिन् छात्रा

विराटनगरमा स्कुलको दुई तला माथिबाट हामफालिन् छात्रा

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित पोखरिया माध्यमिक विद्यालयकी एक छात्रा स्कुलको दुई तले भवन माथिबाट खसेर घाइते भएकी छन् । कक्षा १० मा अध्ययनरत १६ वर्षीया सङ्गीता मुर्मु आज दिउँसो करिब ३ बजे स्कुलको दोस्रो तलाबाट भुइँमा झर्दा घाइते भएकी हुन् । घाइते मुर्मुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मानसिक तनावमा रहेका कारण उनले अरुको आँखा छलेर आफै हामफालेको विद्यालयका शिक्षकहरू बताउँछन् ।...
धरानमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

धरानमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

सुनसरी । धरानमा अचेत अवस्थामा भेटिएका एकजना पुरुषको मृत्यु भएको छ । आज बिहान धरान–१५ बरगाछीबाट श्याम चोक जाने बाटोमा रहेको रूखमुनि उनी अचेत अवस्थामा भेटिएका थिए । स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरीले उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो । अन्दाजी ३५ वर्षीय ती पुरुषको उपचारका क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न सकेको छैन । रात...
धरानमा बन्यो जनस्तरको पहलमा हिरासत भवन

धरानमा बन्यो जनस्तरको पहलमा हिरासत भवन

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१८ मा जनस्तरको पहलमा हिरासत भवन बनेको छ । इलाका प्रहरी कार्यालय धरानको पुरानो हिरासत भवन साँघुरो हुँदा थुनुवा राख्न समस्या भएको थियो । नयाँ हिरासत भवन निर्माण भएपछि उक्त समस्या समाधान भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुई करोड ९ लाख २६ हजारको लागतमा भवन निर्माण भएको समितिका कोषाध्यक्ष सविता राईले जानकारी दिइन् । कोशी प्रदेश सरकारबाट ५० लाख, धरान उपमह...
झापाको आदिवासी रङ्गशालामा अन्तर्राष्ट्रिय केलाङ प्रतियोगिता हुने

झापाको आदिवासी रङ्गशालामा अन्तर्राष्ट्रिय केलाङ प्रतियोगिता हुने

झापा । किरात याक्थुङ चुम्लुङ लिम्बुवान समितिले प्रथम अन्तर्राष्ट्रिय केलाङ प्रतियोगिता आयोजना गर्ने भएको छ । लिम्बू समुदायको महान् चाड चासोक तङ्नाम (उधौली) को अवसरमा केलाङ प्रतियोगिता आयोजना गर्न लागिएको चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले जानकारी दिए । झापाको लाट्टेआर्टमा आइतबार सम्पन्न समितिको छैटौँ पूर्ण बैठकले उक्त निर्णय गरेको केरुङले जानकारी दिए । मङ्सिर अन्तिम साता झापा...
नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक विराटनगरका दाहालको निधन

नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक विराटनगरका दाहालको निधन

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक गोविन्दप्रसाद दाहालको निधन भएको छ । विराटनगर–३ बुद्ध चोक निवासी ६० वर्षीय दाहाललाई क्यान्सर भएको पुष्टि भएको थियो । भारतको नयाँ दिल्लीमा उपचार गरी शनिबार साँझ उनलाई घर ल्याइएको थियो । स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार बिहान नोवेल अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गौतम बुद्ध अन्तर्...
error: Content is protected !!