संगालोखबर


विराटनगर । तेह्रथुममा छिमेकीले धारिलो हतियार प्रहार गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब १०ः४० बजे आठराई गाउँपालिका-६ चुहानडाँडास्थित सिमखर्कमा महिलाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी इन्स्पेक्टर खेम बहादुर खत्रीका अनुसार गजेन्द्र लिम्बुकी श्रीमती ५१ वर्षीया रूपा लिम्बुमाथि धारिलो हतियार पहार गरेका हुन् । उनलाई छिमेकी ३८ वर्षीय कृष्णबहादुर लिम्बुले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

‘धारिलो हतियार प्रहारबाट महिलाको घटनास्थलमै मृत्यु भएको छ’, खत्रीले संगालोखबरसँग भने, ‘आरोपित फरार छन् । उनको खोजी तीब्र पारिएको छ । महिलामाथि प्रहार भएको धारिलो हतियार पनि फेला परेको छैन ।’

प्रहरीका अनुसार महिलाको घाँटीमा धारिलो हतियार प्रहार भएको छ । घटना भएको करिब १ घण्टापछि मात्रै स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ । ‘उनीहरू छिमेकी हुन्’, इन्स्पेक्टर खत्रीले भने, ‘विवादका क्रममा घटना भएको जानकारी प्राप्त भएको छ । अनुसन्धानपछि बाँकी कुरा खुल्छ ।’

महिलामाथि कुन धारिलो हतियार प्रहार भयो भन्ने पनि खुल्न बाँकी रहेको उनले जानकारी दिए । आरोपितको खोजीसँगै थप अनुसन्धान पनि अघि बढाइएको प्रहरीले जनाएको छ ।

तेह्रथुममा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!